पोखरा, १३ माघ। पोखरामा पहिलो नाटक घर निर्माण सम्पन्न भएको छ। गैह्रापाटनमा प्रदेश ४ कै पहिलो नाटक घर ‘पोखरा थियटर’ निर्माण भएको हो।
थियटरमा पोखराका रंगकर्मीद्वय परिवर्तन र दिलप्रसाद गुरुङ ‘दिलु’ र पूर्व यातायात व्यवसायी शंकरनाथ कोइरालाको संयुक्त लगानी छ। १० महिना लगाएर निर्माण गरिएको थियटरमा ८० लाख लगानी रहेको पोखरा थियटरका अध्यक्ष परिवर्तनले बताए।
१० वर्षको लागि जग्गा लिजमा लिएर थियटर निर्माण गरिएको भए पनि थियटर रहेसम्म आफूले जग्गा दिने थियटरका लगानीकर्ता तथा जग्गाधनी शंकरनाथ कोइरालाले बताए।
करिब २ रोपनी क्षेत्रफलमा बनेको यो हल बहुउद्देश्यीय प्रयोजनका लागि प्रयोग गर्न सकिने छ। २ सय सिट क्षमताको थियटर पूर्णतया साउण्ड प्रुफ छ। लाइट, साउण्ड सिस्टम हलमै जडान गरिएको छ। थियटर फागुनको पहिलो साताबाट सञ्चालनमा आउने छ। पहिलो नाटकका रुपमा पोखरा थियटरको पहिलो प्रस्तुतिका रुपमा नाटककार सरुभक्तको नाटक ‘सरुमा रानी’ मञ्चनबाट शुरु गर्ने तयारी छ। थियटर बनेसँगै नाटक मञ्चन वृद्धि हुने अपेक्षा गरिएको छ।
यसअघि थियटर नहुँदा पोखरा उद्योग वाणिज्य संघको सभाहल वा पोखरा सभागृहलाई प्रयोग गरिँदैआएको थियो। तर, त्यहाँ मञ्च निर्माणदेखि साउण्ड सिस्टम, लाइट जडान लगायत कार्य गर्नुपर्दा नाटक प्रदर्शनका लागि सास्ती बेहोर्नु पर्दथ्यो। पोखरा थियटरले नियमित नाटक मञ्चन गर्ने बताएको छ।
यसअघि वर्षमा १/२ वटा मात्र नाटक मञ्चन हुँदै आएको पोखरामा थियटर निर्माणसँगै नियमित नाटक मञ्चन गर्ने उदघोष भएको हो। ‘अब नियमित नाटक मञ्चन गछौर्ं’-अध्यक्ष परिवर्तनले भने-‘केही नाटक हामी गछौर्ं, केही पुराना रंगकर्मीले बनाएका मञ्चन गछौर्ं, केही काठमाडौंबाट आमन्त्रण गछौर्ं भने कहिलेकाहीं प्रदेश नम्बर ४ का जिल्लामा हुने नाटक पनि मञ्चन गर्ने अवसर दिन्छौं।’
Related News
सम्बन्धित समाचार
वाइयुके सुपरमार्केट तीजगीत
राधाकृष्ण गुरुकुल विद्यालयको भवन उद्घाटन
शिवटोल विकासमा नयाँ कार्यसमिति
कास्की मोडनाइज्डमा अभिमुखीकरण
मिडिया फुटसल प्रतियोगिता हुने
hero news full width
मुख्य समाचार
भगिनी सम्बन्धको दुरुपयोग
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
भाद्र २, २०७९नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९