पोखरा, १३ माघ। पोखरा १७, नमूना टोल (बराल फिडक्षेत्र) को संकल्प आमा समूहको १२ औं साधारणसभा तथा सातौं अधिवेशनले शुभद्रा बरालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
समिति उपाध्यक्षमा मेनका पोखरेल, सचिवमा सविता सुवेदी, सहसचिवमा पार्वती आचार्य, कोषाध्यक्षमा पार्वती पौडेल, सदस्यमा लता रुवाली, शान्ति थापा, मनकुमारी थापा, हीमा चापागाई, सीता ढकाल, खगिदेवी बराल, सुनकुमारी श्रेष्ठ र गंगा तिवारी छन्।
त्यस अवसरमा संस्थाकी पूर्वअध्यक्ष भगवती बराललाई सम्मान गरिएको थियो।
यसअघि, साधारणसभा उद्घाटन वडाध्यक्ष तीथराज अधिकारीले गरेका थिए।
त्यस अवसरमा वडा सदस्य राधिका रेग्मी, सल्लाहकार ज्ञाज शर्मा, पत्रकार शुष्मा पौडेल, समाजसेवी झङकनाथ पौडेल, नमूना टोल विकास संस्थाका अध्यक्ष दिवाकर पौडेल, संस्थाकी पूर्वअध्यक्ष दानकुमारी बरालले बोलेका थिए।
साधारणसभाले सचिव मेनका पोखरेलले प्रस्तुत गरेको वाषिर्क र कोषाध्यक्ष लेखमाया बरालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ।
समूहकी अध्यक्ष शारदा देवकोटाको अध्यक्षतामा भएको कार्यक्रम सचिव मेनका पोखरेलले सञ्चालन गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
‘महानगरका पाँच वर्ष’ विमोचन
hero news full width
मुख्य समाचार
पोखरा महानगरमा मतान्तर बढाउँदै धनराज
एमालेलाई जीत जोगाउनै सकस
जेठ ५, २०७९जहाँ पुरानो जीत दोहोरिएन…
जेठ ३, २०७९तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९