हेमजा, १३ माघ । हेमजास्थित तीव्रेकोट सामुदायिक वन उपभोक्ता समूहको १५ औँ साधारण सभा हेमजामा शनिबारसम्पन्न भएको छ ।
साधारण सभा उद्घाटन गर्दे प्रमुख अतिथि जिल्ला वन कार्यालय कास्कीका वन अधिकृत केदार बरालले
समूहले गरेका कार्य विधिसम्मत र प्रभावकारी रहेको बताए ।
बरालले चालु आवमा नर्सरी निर्माण तथा व्यवस्थापन कार्यक्रमका लागि तीवे्रकोट सामुदायिक वनलाई छनोट गरिसकिएको र आगामी दिनमा कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत जडिवुटी कार्यक्रमका लागि योजना पेस उपभोक्ता समितिलाई अनुरोध गरे ।माछापुच्छे्र विकास संघ कास्कीका उपनिर्देशक दिलबहादुर भट्टराईले तीव्रेकोट सामुदायिक वन उपभोक्ता समितिले महिला उत्थानका क्षेत्रमा गरेका कार्य अत्यन्तै महत्वपूर्ण रहेको बताए ।
यसअघि माछापुच्छे्र विकास संघ कास्कीले यस समूहलाई घुम्तीकोषका शौचालय निर्माणका लागि आर्थिक सहयोग, होटल कुक, व्युटिसियन तथा प्लम्विङसम्बन्धी ३ जना उपभोक्ता सदस्यका लागि १ महिने तालिम प्रदान गरेको छ ।
कार्यक्रममा इलाका वन कार्यलय पोखरा २५, हेमजाका वन अधिकृत प्रतीक्षा पनेरु, केयर नेपालका प्रतिनिधि रमा त्रिपाठी, गभेकुन सामुदायिक वन उपभोक्ता समूहका सहसचिव कृष्ण पौडेल, माछापुच्छ्रे टोल विकास संस्थाका अध्यक्ष डम्बरसिंह बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा उपभोक्ता सदस्य मनबहादुर बिकका छोरा मिलन तथा शिवराज कुँवरका छोरी स्वस्तिकालाई तीव्रेकोट छात्रावृत्ति प्रदान गरिएको थियो ।
कार्यक्रममा समूहका ज्येष्ठ नागरिक सदस्य भूपू सल्लाहकार सदस्य तथा उपभोक्ता सदस्य साविक हेमजा ९, निवासी ह.टेकबहादुर कुँवरलाई सम्मान गरिएको थियो । ३ जना भाग्यमानी उपभोक्ता छनोटमा ३ जना सदस्यलाई पुरस्कृत गरियो।
कार्यक्रममा उपभोक्ता समिति सदस्य विशालजंग कुँवरले गत आवमा सम्पन्न विविध कार्यक्रम सहितको प्रगति विवरण तथा चालु आवको वाषिर्क कार्यक्रमसहितको प्रगति प्रतिवेदन पेस गरे ।
यस्तै, सचिव कृष्णबहादुर कुँवरले संस्थागत विकास र सुशासनसँग सम्बन्धित प्रतिवेदन तथा समूहका कोषाध्यक्ष गीतालक्ष्मी त्रिपाठीले लेखापरीक्षण प्रतिवेदन र आगामी आवको लागि ११ लाख हजार रुपैयाँको प्रस्तावित आयव्यय बजेट पेश गरे ।
तीव्रेकोट सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष विशालजङ्ग कुँवरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत सहसचिव प्रेमबहादुर कुँवरले गरेका थिए । सञ्चालन सचिव कृष्णबहादुर कुँवरले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
सिटी रेवान अध्यक्षमा दीपक तिमिल्सिना
लायन्स डेस्टिनेसनमा सन्तोष
वाद्यवादन सामग्री विरतण
६८ युनिट रगत संकलन
अकुपेन्सी बढ्नेमा व्यवसायी आशावादी
hero news full width
मुख्य समाचार
शिक्षक संघ कास्कीमा राजु, महानगरमा किरणबाबु
गण्डकीका २ मन्त्रीले दिए राजीनामा
चैत्र १०, २०७९वसन्त कुँवर नेपाल प्रहरीका आइजिपी
चैत्र १०, २०७९बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
चैत्र १०, २०७९गण्डकी सरकारबाट माओवादी बाहिरियो
चैत्र १०, २०७९गण्डकी सरकारबाट बाहिरिन माओवादीको निर्णय गर्दै
चैत्र १०, २०७९