पाोखरा, ११ माघ । सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले जारी १६ औं आहा रारा गोल्डकपमा कठिन जितका साथ क्वाटरफाइनलमा स्थान बनाएको छ ।
पोखरा रंगशालामा बिहीबार तेस्रो प्रिक्वाटरफाइनलमा सिएमजी क्लब संकटालाई १-० को झिनो गोलअन्तरले पराजित गर्दै एपिएफले कठिन जित हात पारेको हो । उसको जितमा डिफेन्डर आदित्य चौधरीले २८ औं मिनेटमा गरेको फ्रिकिक गोल निर्णायक बन्यो ।
संकटाका डिफेन्डर कोएरा लार्बा फ्लोरेन्ट कोनले एपिएफका रञ्जन विष्टलाई गलत ट्याकल गरी लडाएपछि रेप|mी श्रवण लामाले कोनेलाई पहेंलो कार्ड दिँदै एपिएफलाई फ्रिकिकको अवसर दिए । सो अवसर आदित्यले खेर जान दिएनन् ।
योसहित १२ औं पटक सहभागी एपीएफ लगातार ३ वर्ष पहिलो खेलबाटै बाहिरिएको थियो । छैटौं संस्करणमा फाइनल खेलेको एपिएफ त्यसको अघिल्लो वर्ष सेमिफाइनल यात्रा तय गरेको थियो । संकटा भने यो चौथो सहभागिता हो । १२ र १३ औं संस्करणमा क्वाटरफाइनलसम्म यात्रा तय गरेको संकटा गत वर्ष सेमिफाईनलमा मनाङसँग पराजित भएको थियो । बिहीबारको प्रतिष्पर्धात्मक खेलमा दुवै टिमले धेरै पटक गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । रक्षापंक्ति बलियो बनाएर आक्रामक रणनीति लिएका दुवै टिमको फिनिसिङ कमजोर हुँदा स्कोर निकाल्न गाह्रो परेको थियो । दुवै टोलीका प्रशिक्षकले यसलाई स्वीकार समेत गरेका छन् । एपिएफ २० औं मिनेटमै गोल गर्न चुक्यो । नवीन लामाले दायाँ साइडबाट फष्र्ट बार च्यापेर गरेको कडा प्रहार विपक्षी किपर विनय श्रेष्ठले मुस्किलले जोगाए । लगत्तै राजेन्द्र रावलले प्रहार गरेको अर्को प्रहार पनि संकटाका गोलकिपर श्रेष्ठले नै विफल पारे ।
एकपछि अर्को गर्दै आक्रमण बुनेको एपिएफ गोल गरेपछि राहत महसुस गर्यो । ४१ औं मिनेटमा गोल गर्न पाएको अवसर पनि फुत्कियो । एपिएफका नवीनको दोस्रो प्रयास खेर गयो । ४८ औं मिनेटमा रञ्जनको पासमा नवीन लामाको फेरि अर्को प्रहार पनि खेर गयो ।
५९ औं मिनेटमा युवराज खड्का पेनाल्टी एरियामा विपक्षी खेलाडी नै नभएको अवस्थामा पनि गोल गर्न चुके । रञ्जनको पासमा उनले प्रहार गरेको बल विपक्षी गोलकिपरको हातमा सिधै पर्यो । ७६ औं मिनेटमा रञ्जनको पासमा रामकुमार कुमालले फितलो प्रहार गर्दा बल फष्र्ट बार हुँदै बाहिरियो । ८० औं मिनेटमा रञ्जनले नै सेकेण्ड बार च्यापेर प्रहार गरेको बल विपक्षी गोलकिपर श्रेष्ठले नै विफल पारे ।
आधा दर्जन गोलका अवसर खेर फाल्दा संकटा पहिलो चरणबाटै घर फर्कियो । २९ औं मिनेटमा संकटाका प्रकाश बुढाथोकीले पेनाल्टी एरियाबाट गरेको कडा प्रहार किपरले मुस्किलले बचाए । उनले विपक्षी गोलकिपर अमृतकुमार चौधरीमात्र हुँदा वान भर्सेज वान बल फष्र्ट बार च्यापेर प्रहार गरेकोमा चौधरीले विफल पारेका हुन् । ३९ औं मिनेटमा प्रकाशकै पासमा सुशील लामाको प्रहार पनि जाली चुम्न असफल रहृयो । ६१ औं मिनेटमा हेमन्त थापामगरको प्रहार पनि विपक्षी गोलकिपर चौधरीले रोके । ७२ औं मिनेटमा संकटाका हमेन्तको फ्रिकिक पनि सदुपयोग हुन सकेन । ७४ औं मिनेटमा रुपेश केसीले पेनाल्टी एरियामा पाएको गोल गर्ने अवसर पनि खेर फाले ।
पोष्ट म्याच कन्फरेन्समा एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले फिनिसिङ कमजोर हुँदा जित कठिन बनेको प्रतिक्रिया दिए । लामो यात्राका कारण खेलाडीले उत्कृष्ट खेल कौशल प्रदर्शन गर्न नसकेको बताए । कैयौं प्रहारमा बलले जाली नचुम्दा खेलाडीले दबाब महसुस गरेकाले पनि दोश्रो हाफमा सोचेजस्तो प्रदर्शन गर्न नसकेको उनको स्वीकारोक्ति थियो ।
संकटाका प्रशिक्षक सल्यान खड्गीले फिनिसिङ कमजोरीका कारण पराजित हुनुपरेको बताए । उनले खेलमा हारजित हुने भन्दै खेल भने प्रतिष्पर्धात्मक भएको भन्दै खेलाडीको खेलप्रति सन्तोष व्यक्त गरे । म्यान अफ दी म्याच आदित्यलाई ५ हजारसहित ट्रफी प्रदान गरियो ।
शुक्रबार प्रिक्वाटरको अन्तिम खेलमा नेपाल पुलिस क्लब र रमपम झापा-११ प्रतिष्पर्धामा उत्रिनेछन् । झापाको यो पाँचौ सहभागिता हो । गत वर्ष क्वार्टरफाईनलमा आर्मीसँग पराजित झापा १४ औं संस्करणमा भने सेमिफाइनलसम्म पुगेको थियो । जुन उच्चतम् नतिजा हो ।
सुरुवाती वर्षमा पोखरा रंगशालामा सबैभन्दा भाग्यमानी टोली पुलिस पछिल्लो समय भने सुखद् नतिजाबाट विमुख छ । क्याराभानसहित ५ पटकको विजेता क्लब हो, पुलिस । साविक विजेता मनाङ मस्र्याङ्दी क्लबले पनि पाँच पटक उपाधि उचालेको छ । पुलिस पछिल्ला दुर्इ संस्करणमा पहिलो खेलबाटै बाहिरियो । गत वर्ष फाइनल खेलेको संकटा नै पुलिसविरुद्ध पहिलो खेलमा संकट बनेर उभिएको थियो । शुक्रबारको खेलसँगै क्वाटरफाइनल समीकरण पूरा हुनेछ । इटहरी गोल्डकप जारी रहेकाले आहा रारा गोल्डकपका बाँकी खेलतालिका सार्वजनिक भइसकेको छैन ।
Related News
सम्बन्धित समाचार
पोखरा स्पोर्ट्स अवार्ड समिति
पोखरामा आर्चरी प्रशिक्षण
बाघचालमा नवीन प्रथम
रेबान भेट्रान्स कपमा नवीनलाई उपाधि, डबल्सतर्फ अनुज र नवीन विजयी
रेबान कप टेनिस फाइनल आज
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर
चैत्र १४, २०७९कार्यकारी अधिकार खोज्दै समन्वय समिति
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९