पोखरा, ११ माघ। नेपालीका लागि नेपाली भन्दै २५ वर्षअघि दक्षिण कोरियामा स्थापना गरिएको नेपाली सर्म्पर्क समिति -एनसिसि) को स्थापना गर्दाको क्षण पोखरामा सम्झिएको छ । नेपाली सर्म्पर्क समिति -एनसिसि) कोरियाको सबैभन्दा पुरानो संस्था हो ।
स्थापनाकालीन २२ सदस्यमध्ये ५ जना पोखरेली रहेका र उनीहरुको उपस्थितिमा पोखरामा एक कार्यक्रम गरी शुरुका दिनमा कोरियामा राजदुतावास नहुँदाका पीडा र नेपालीले पाएको दुःखका कारण एनसिसिको स्थापना गरिएको बताए।
स्थापनाकालीन सदस्य नीरज थापाले कोरियाले चरम विकासमा फड्को मार्न शुरुगरेलगत्तै केही नेपाली विभिन्न माध्यमबाट दक्षिण कोरिया गएका र उनीहरुले त्यहाँ पाएको दुःख, पीडा र भोगाइलाई साटासाट गर्ने हेतुले एनसिसिको जन्म भएको बताए ।
उनले एनसिसिको स्थापना भएपछि कोरियामा ज्यान गुमाएका कास्की सिक्लेसका चन्द्रसिंह गुरुङका अपाङ्गता भएका छोरालाई विभिन्न संस्थासँंग हातेमालो गर्दै आर्थिक सहयोग गर्दै आएको र उनलाई सहयोग गर्न अनुरोध गरे ।
अर्का सदस्य शिवजी कोइरालाले स्थापनाका केही साथीहरु मिलेर पोखरामा केही फम सञ्चालन गरेको जानकारी दिँदै कोरियामा आर्जन गरेको ज्ञान, सीप र अर्थ आफ्नै देशमा लगानी गर्न सके नेपाल नै कोरिया हुने विचार राखे ।
अर्का सदस्य कृष्णप्रसाद अधिकारीले कोरियामा शुरुका दिनमा पाएको कष्ट र दुःख सम्झना गर्दै आर्जित ज्ञान, सीप र अर्थलाई आफ्नै गाउँठाउँमा लगानी गर्न आग्रह गरे ।
कोरियाबाट फर्केर पोखरामा विश्वमैत्रि भाषा स्कुल सञ्चालन गरेका दोय यम जोशी र सिएम गुरुङ, बाराही टिर्सटका सञ्चालक विजय साही, डिभिलेज रेष्टुरेण्टका सञ्चालक कृष्ण पौडेल पत्रकार निकुञ्ज तिवारी, तिलक थापा, लक्ष्मण क्षेत्री, देविन्द्र पुन, सावित्रि गुरुङ पुन, उमाकान्त पराजुली, शक्तिमान गुरुङ लगायतले कोरियाका अनुभव आदानप्रदान गरेका थिए ।
त्यस्तै, स्थापनाकालीन सदस्यमध्ये भूपेन्द्र गिरीले एनसिसिलाई शुभकामना दिए।
उक्त भेलाले आगामी दिनमा कोरियाबाट फर्केकाहरुको भेला आयोजना गर्ने र केही विकास र सामाजिक कार्यमा हातेमालो गर्ने निर्णय समेत गरेको छ।
Related News
सम्बन्धित समाचार
चितवनमा एक लाख १६ हजार कुुखुरामा बर्डफ्लु पुष्टि
भिभो भी२३ई को मूल्य ३ हजार घट्यो
वैशाख २८ देखि नयाँ आइपिओ आउँदै
ग्यासको खपत घटाउन उपयुक्त माध्यम हुन सक्छ इलेक्ट्रिक प्रेसर कुकर
कोन सामुदायिक सहकारीमा १ सय २४ युनिट रगत संकलन
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९