पोखरा, ११ माघ । गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) प्रदेश ४ को आयोजनामा होमस्टे ट्रेल अन्वेषण कार्य सम्पन्न भएको छ।
चारदिने उक्त कार्यक्रमअर्न्तर्गत मादी गाउँपालिका वडा २, ताङतिङमा रहेको ताङतिङ होमस्टेदेखि वडा ३ याङ्जाकोटमा रहेको याङ्जाकोट होम स्टेसम्म पदमार्ग अन्वेषण गरिएको थियो।
मादी गाउँपालिकाभित्रका पर्यटकीय क्षेेत्र पहिचान गरी बृहत् गुरुयोजनाअर्न्तर्गत पर्यटकीय क्षेत्रमा विकासका कार्य गर्न गाउँपालिका लागिपरेको गाउँपालिकाका प्रमुख वेदबहादुर गुरुङ (श्याम) ले बताए।
पहिलो दिन सहभागी समाजसेवी नरेशशंकर पालिखेले पर्यटकीय गाउँको विकासमा सरकारका आँखा कहिल्यै पर्न नसकेको गुनासो व्यक्त गर्दै गाउँलेहरु आफैले पर्यटनको क्षेत्रमा गरेको कार्यलाई सबैले सहयोग गर्नुपर्ने बताए।
मादी गाउँपालिका वडा २ का अध्यक्ष एक्काजंग गुरुङले गाउँमा पर्यटनको विकासमा होम स्टेको महत्व हुने भएकोले सञ्चालकले होम स्टे प्रवर्द्धन गर्नुपर्ने बताए ।
ताङतिङ, करापुडाडाँ याङ्जाकोट होम स्टे ट्रेल अन्वेषण नाम दिइएको सो कार्यक्रममा ताङतिङ गाउँबाट करापुडाडाँसम्म ७ घण्टा र करापुडाडाँबाट याङ्जाकोट पुग्न ५ घण्टा लागेको थियो ।
ताङतिङ र याङ्जाकोटमा होम स्टे सञ्चालन भएपछि पर्यटकको चाप बढेको भए तापनि व्यवस्थित रुपमा सञ्चालन गर्न भिटोफले विभिन्न कार्यक्रममा सहभागी गराउँदै र प्रचारप्रसार तथा प्रवर्द्धनात्मक कार्य गर्दै आएको भिटोफ प्रदेश ४ का संस्थापक अध्यक्ष पर्यटन व्यवसायी तारानाथ पहारीले बताए।
भिटोफ प्रदेश ४ का सचिव रमेशबहादुर खत्रीले उक्त पदमार्ग भेंडीगोठ हुने बेलासम्म राम्रै अवस्थामा रहेको र हाल भेंडा पाल्न छाडिएकोले पुराना बाटो लोप भइसकेको बताए।
कार्यक्रममा भिटोफ केन्द्रबाट पूर्व अध्यक्ष चित्रबहादुर गुरुङ, कोषाध्यक्ष कृष्णबहादुर सुवेदी, दरबारथोक एड्भरर्टाईजिङ एजेन्सीका कृष्णबहादुर रानाभाट, पत्रकार टंक अधिकारी, भूपाल गुरुङ लगायत भिटोफ सदस्य, ताङतिङ होम स्टे र याङ्जाकोट होम स्टेका सञ्चालक, टान, नाटाका प्रतिनिधिको सहभागिता थियो।
Related News
सम्बन्धित समाचार
तीजगीत प्रतियोगिता हुने
टान अध्यक्षमा नीलहरि बास्तोला
ओटेफको स्थापना दिवसमा भोजन
इन्द्रराज्यलक्ष्मी माविको ६९ औं वार्षिकोत्सव
फुटपाथका सामग्री हटाउन माइकि
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९