पोखरा, ९ माघ । आयोजक सहारा क्लब पोखराको १६ औं आहा रारा गोल्डकपको यात्रामा पहिलो खेलबाटै विराम लागेको छ। सुदूरपश्चिमाञ्चल ११ स्पोर्टिङ क्लबले गत वर्ष व्यहोरेको हारको बदला लिँदा साविक विजेता घरेलु टोली उद्घाटन खेलबाटै बाहिरिन पुगेको हो।
पोखरा रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा सहारा सुदूरपश्चिमाञ्चल ११ स्पोर्टिङ क्लबसँग ३(० गोलान्तरले पराजित भयो। एकतर्फी ३ गोल गर्नेक्रममा सुदूरपश्चिमका लागि धनबहादुर थापा, मनिराम चौधरी र राकेश हमालको योगदान रह्यो।
१५ औं संस्करणको उद्घाटन खेलमै सुदूरपश्चिमलाई ४(० गोलले हराउँदै विजयी यात्रा शुरु गरेको सहारा उपविजेता बनेको थियो।
निकै प्रतिष्पर्धात्मक खेलमा २५ औं मिनेटमा सुदूरपश्चिमले अग्रता लिन सफल भएको थियो। सुदूरका लागि धनबहादुर थापाले खाता खोलेका हुन् । पहिलो हाफमा १-० ले अग्रता लिएको सुदूरपश्चिमका लागि खेलको म्यान अफ दि म्याच मनिराम चौधरीले ७८ औं मिनेटमा गोलअन्तर दोब्बर पारे। त्यस्तै, दोस्रो हाफको ३ मिनेटको इञ्जुरी टाइमको अन्तिममा सुदूरका राकेश हमालले गोल थपेका हुन् ।
जितपछि प्रशिक्षक सुरेश हमालले खेलाडीले थकानका बाबजुद पनि राम्रो खेलेको प्रतिक्रिया दिए। दाङमा भएको प्रतियोगितामा सहभागिता जनाएर सोमबार दिउँसोमात्रै पोखरा टेकेको टोली, २ खेलाडी घाइते बाबजुद पनि पाएको अवसर सदुपयोग गर्दा विजयी बनेको हमालले बताए। सेट टीम नै रहेको भन्दै उनले २ खेलाडी थपिएपछि आगामी खेल राम्रो हुने समेत जानकारी दिए।
सहाराका प्रशिक्षक किरण श्रेष्ठले यसपटक सबै लोकल खेलाडी भएका कारण पनि पहिलो खेलमै हार व्यहोर्र्नुपरेको प्रतिक्रिया दिए। खेलाडी उत्कृष्ट नहुँदा प्रतिष्पर्धा गर्न नसेको उनको भनाइ छ।
सुदूरपश्चिम स्पोर्टिङ क्लबको यो दोस्रो सहभागिता हो। १३ औं संस्करणमा सदूरपश्चिमको टीम सेमिफाइनलमा पुगे पनि त्यो सदूरपश्चिम फुटबल क्लब, कैलाली टीम थियो।
क्याराभान सहित १६ संस्करणमा ३ पटकमात्र सहारा उद्घाटन खेलमा पराजित बनेको छ। १३ औं संस्करणमा नवजनजागृतिसँग उद्घाटन खेलमा र्टाईब्रेकरमा पराजित भएको थियो। चौथोमा सहारा रातो एन्फा यू १७ सँग र्टाईब्रेकरमै हारेको थियो। सहारा क्लबले १२ औं संस्करणमा भने मनाङलाई १-० ले हराउँदै पहिलो पटक उपाधि चुमेको थियो ।
विजेता सदूरपश्चिमसँग क्वाटरफाइनलमा भिड्ने टीमको टुंगो मंगलबार बेलुकीसम्म लागिसकेको छैन। आयोजकले प्रिक्वार्टरका ४ खेलको मात्र टाइसिट सार्वजनिक गरेको छ। बुधबार भारतको युनाइटेड सिक्किम फुटबल क्लबबिरुद्ध धरान फुटबल क्लब, बिहीबार सशस्त्र प्रहरी बल -एपिएफ) क्लबबिरुद्ध संकटा क्लब, शुक्रबार नेपाल पुलिस क्लबविरुद्ध रमपम झापा-११ प्रतिष्पर्धामा उत्रिनेछन्।
यसअघि, प्रतियोगिता उद्घाटन पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले गरे। उनले अनवरत १६ वर्षसम्म फुटबल खेलको महोत्सव आयोजना गरेर देश विदेशमा पोखरालाई चिनाउँदै फुटबल खेलको विकासमा योगदान पुर्याएकोमा क्लबप्रति आभार व्यक्त गरे। क्लब अध्यक्ष केशबबहादुर थापाले फुटबलको यो महोत्सवलाई माया गर्न सबै फुटबलप्रेमी अनुरोध गरे।
Related News
सम्बन्धित समाचार
मुवाथाइको समर क्याम्प
मुवाथाइको समर क्याम्प
पोखरा १४ लाई फुटबल उपाधि
मुवाथाई सिकाइँदै
प्रदेशस्तरीय एसइई फुटसल
hero news full width
मुख्य समाचार
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
जेठ १५, २०८०रेशम चौधरीसहित ५०१ लाई आम माफी
जेठ १४, २०८०गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
जेठ १४, २०८०प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०