प्रदेशसभा सदस्य शर्माको सम्मान

आदर्श समाज सम्वाददाता
माघ १०, २०७४
SRIJANA

पोखरा, ९ माघ। पूर्वाञ्चल सेवा समाजले प्रदेश ४ की सदस्य सृजना शर्मालाई एक कार्यक्रम गरी सम्मान गरेको छ।

पूर्वाञ्चल सेवा समाजका अध्यक्ष डीबी राई, समिति उपाध्यक्ष केशव काफ्ले, सचिव विजयकुमार प्रधान, सहसचिव कुलप्रसाद पौडेल, कोषाध्यक्ष चन्द्र पराजुली तथा सदस्य कल्याणी उदास, तुम्ला श्रेष्ठ, पूजन शाक्य, तारानाथ पाठक र पदम सिटौला लगायतले शर्मालाई सफल कार्यकालको बधाई दिँदै सम्मान गरेका हुन्।

कार्यक्रममा पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पूर्व अध्यक्ष पुण्य पौडेल, पत्रकार दीपक के. श्रेष्ठ, नारायण शाही र अधिवक्ता दुर्गा भण्डारी समेत उपस्थित थिए।

नेकपा एमालेबाट शर्मा समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा निर्वाचित भएकी हुन्।

सुनसरी जिल्ला धरानमा जन्मिएकी उनी कास्कीमा कम्युनिष्ट आन्दोलनमा निरन्तर सक्रिय छिन्।

कार्यक्रममा पूर्वाञ्चल सेवा समाजका अध्यक्ष डीबी राईले शर्मालाई पूर्वाञ्चल समाजको गहना भएको उल्लेख गरे। राईले शर्माको सफल कार्यकालको समेत शुभकामना ब्यक्त गरे।

कार्यक्रममा सम्मानित प्रदेशसभा सदस्य शर्माले देश र नेपाली जनताको शीर उच्च राख्ने काम गर्ने प्रतिबद्धता जनाइन्। देश र नेपाली जनताले समृद्धिका लागि आफूहरुलाई देशको सवोर्च्च निकायमा पठाएको भन्दै उनले आफू उक्त उद्देश्यतर्फ उन्मुख हुने उल्लेख गरिन्।

Related News

सम्बन्धित समाचार

  • स्पोर्टस् अवार्डलाई लगातार सहयोग

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । पोखरा स्पोर्टस् अवार्डको सातौं संस्करणलाई पनि पोखरा रामबजारको पुन परिवारले साथ दिएको छ । सेनानी हेमबहादुर पुनको स्मृतिमा…
  • डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । प्रविधि मैत्री शिक्षक समाज नेपाल गण्डकी प्रदेशले डिजीटल पेडागोजीसम्बन्धी कार्यशाला गरेको छ । शिक्षकका लागि प्रविधिमा पहुँचब पु¥याउन,…
  • दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । दीपशिखा पुस्तकालय र ट्याग परियोजनाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । रिड नेपालअन्तर्गत टेक एज गल्र्स (ट्याग) ट्याग नेपाल…
  • संस्कार समाज नेपालद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । संस्कार समाज नेपालको पाँचौ वार्षिकोत्सव अवसरमा ३ जना व्यक्तिलाई सम्मानित एवं पुरस्कृत गरियो । पोखरामा आयोजित कार्यक्रममा समाजसेवी…
  • प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । वडा प्रहरी कार्यालय बैदामका प्रहरी कर्मचारीलाई प्रभावशाली सञ्चार एवं सेवाग्राहीसँग गर्नुपर्ने व्यवहारसम्बन्धी अभिमुखीकरण भएको छ । वडा प्रहरी…

hero news full width