पोखरा, ९ माघ । पोखरा १६ को अर्मलकोटमा नवनिर्मित बास्केटबल कोर्ट समुदायलाई हस्तान्तरण गरिएको छ।
राष्ट्रिय खेलकुद परिषद् उपाध्यक्ष तथा नेपाल बास्केटबल संघका अध्यक्ष टेण्डी लामा शेर्पाको प्रमुख आतिथ्यमा उक्त कोर्ट समुदायलाई हस्तान्तरण गरिएको हो।
अर्मला कोर्टमा कोर्ट निर्माण गर्न अर्मला निवासी ब्रिटिश सेनाका सेवानिवृत डव्लुओवान जितबहादुर गुरुङको ठूलो देन छ।
२०७१ सालमा करिब ४ रोपनी जग्गामा फैलिएको उक्त बास्केटबल कोर्ट निर्माण गर्न जितबहादुरले ४ लाखमा जग्गा किनेर शुरु गरेका थिए। परापूर्वकालदेखि श्रीपंचमी मेला समेत लाग्ने गरेको उक्त गाँउमा मनोरञ्जन गर्ने स्थानका समेत नहुँदा जितबहादुरले गाँउका समाजसेवीसँग मिलेर यो कार्यको शुरु गरेको बास्केटबल संघका उपाध्यक्ष एवम अर्मला निवासी जुमप्रसाद गुरुङले बताए। जुम गुरुङका परिवारले पनि उक्त स्थानमा रहेको १९ आना जग्गा खेल मैदानका लागि दान गरेका छन्।
मैदान निर्माण गर्न अर्मला निवासी हाल युकेमा कार्यरतले अर्मला भाइखलक संस्थाका माध्यमबाट करिब ३६ लाख रुपैयाँ पठाएको जुम गुरुङले बताए। जितबहादुरले मात्रै करिब १७ लाख रुपैयाँ मैदान निर्माण प्यारापिट निर्माणका लागि खर्च गरेका छन्। उनले आफ्नो बुवा टंकप्रसादको स्मृतिमा करिब ५ लाख ५० हजार खर्चेर प्यारापिट समेत निर्माण गरिदिएका छन्।
गाउँका काजीखलक चेली बेटी समाजले पनि एक लाख प्रदान गरेका छन्। जग्गासहित सम्पूर्ण खर्च ५३ लाख ५० हजार भएको बताइएको छ । कार्यक्रममा कोर्ट निर्माणमा सहयोग गर्ने दातालाई प्रमुख अतिथि शेर्पाले सम्मान गरे ।
बास्केटबल कोर्ट उपाध्यक्ष शेर्पा र डव्लुओवान जितबहादुर गुरुङकी ८९ वर्षीय आमा मुङ्गा गुरुङले संयुक्त उद्घाटन गरेका थिए। सीता आधारभूत विद्यालय अध्यक्ष भूपालसिंह गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल ओलोम्पिक कमिटी सदस्य तेज गुरुङ, वडाध्यक्ष जीवन आचार्य लगायत बोलेका थिए।
Related News
सम्बन्धित समाचार
टाइगरकप भलिबल : घरेलु टोली गण्डकी र एपिएफ उपाधिका लागि भिड्ने
सहारा एकेडेमीलाई सहयोग
टाइगर कप भलिबल : महिलातर्फ एपिएफ र आर्मी उपाधि नजिक, पुरुषको सेमि समीकरण पूरा
कुलपति रनिङ सिल्डः उपाधिका लागि भद्रकाली र कालिका भिड्दै
कुलपति रनिङ सिल्डः सेमिफाइनल समिकरण पूरा
hero news full width
मुख्य समाचार
गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा
के छ रवी लामिछानेको मुद्दामा सर्वोच्चको पूर्ण पाठ
माघ १३, २०७९रवि लामिछानेको सांसद पद खारेज
माघ १३, २०७९अब होटल, रेस्टुरेन्टले १० प्रतिशत सेवा शुल्क लिन नपाउने
माघ १३, २०७९आजको माैसम : तराईमा हुस्सु लाग्ने, गण्डकीमा आंशिक बदली
माघ १३, २०७९जनकपुर हुँदै अयोध्या लगिँदै देव शिला
माघ १२, २०७९