पोखरा, ९ माघ। कंगारु ऐजुकेशन फाउण्डेशनले वैदेशिक अध्ययन गर्न चाहने विद्यार्थीलक्षित गरी आयोजना गरेको कंगारु ऐजुकेशन फेयर काठमाडौंमा मंगलबार सम्पन्न भएको छ।
उक्त शैक्षिक मेलामा अष्ट्रेलिया, न्यूजिल्याण्ड, अमेरिका र यूरोपका गरी २० वटा प्रतिष्ठित विश्वविद्यालय, सरकारी कलेज, तथा प्राइभेट कलेजको सहभागिता थियो।
मेला अवलोकनमा आएका विद्यार्थी तथा अभिभावकलाई एकै ठाँउबाट विभिन्न देशको शैक्षिक प्रणाली, विद्यार्थीलाई दिइने सुविधा, काम गर्न पाउने अधिकार, पढ्ने विषय, पढाइ पछिको अवसरका विषयमा पूर्ण जानकारी दिइएको फाउण्डेशनका संस्थापक तथा प्रबन्ध निर्देशक महेशबाबु तिमल्सिनाले बताए।
नेपाली विद्यार्थीको वैदेशिक अध्ययनको बढ्दोक्रम मध्यनजर गर्दै आयोजना गरिएको उक्त मेलामा प्रयोगात्मक तथा सीपमूलक प्रोग्रामबारे जानकारी प्रदान गरिएको थियो।
मेलामा विद्यार्थी तथा अभिभावक गरी १ हजार ७ सय २० जनाले मेला अवलोकन गरेको फाउण्डेशनका अन्तराष्ट्रिय परामर्श निर्देशक टिआर काफ्लेले बताए।
विद्यार्थीले आफूले जान चाहेको देशका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिसँग प्रत्यक्ष रुपमा अन्तरक्रिया गरी छात्रवृत्ति, कलेज विश्वविद्यालय छनौटदेखि परिपक्व डकुमेन्टेसन मार्फत एड्मिसन र भिजाका सम्बन्धमा पनि परामर्श लिएका छन्।
फाउण्डेशनले पहिलो पटक आयोजना गरेको उक्त मेलामा आइडीपी तथा नेपाल एसबिआई बैंकको पनि सहभागिता रहेकाले विद्यार्थी तथा अभिभावकहरुले अंग्र्रेजी भाषा परीक्षा आइलटिएस तथा शैक्षिक कर्जासम्बन्धी समेत जानकारी लिएको बताइएको छ।
Related News
सम्बन्धित समाचार
व्यवसायीलाई जोगाउन पोखरा उद्योग वाणिज्य संघको माग
अब होटल, रेस्टुरेन्टले १० प्रतिशत सेवा शुल्क लिन नपाउने
स्वागतम् सहकारीको प्रथम वार्षिकोत्सव
हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदै सुन
गहुँ आयात रोकिदा उद्योगहरु बन्द हुने अवस्थामा
hero news full width
मुख्य समाचार
गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा
के छ रवी लामिछानेको मुद्दामा सर्वोच्चको पूर्ण पाठ
माघ १३, २०७९रवि लामिछानेको सांसद पद खारेज
माघ १३, २०७९आजको माैसम : तराईमा हुस्सु लाग्ने, गण्डकीमा आंशिक बदली
माघ १३, २०७९टाइगर कप भलिबल : महिलातर्फ एपिएफ र आर्मी उपाधि नजिक, पुरुषको सेमि समीकरण पूरा
माघ १२, २०७९जनकपुर हुँदै अयोध्या लगिँदै देव शिला
माघ १२, २०७९