पोखरा, ८ माघ । पोखरा फोटोग्राफर संघको संयोजन तथा घरेलु तथा साना उद्योग कार्यालय पोखराको आयोजनामा एक सातासम्म सञ्चालित विशेष फोटोग्राफी तालिम सम्पन्न भएको छ।
कार्यक्रममा नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख सूर्य थपलियाले फोटोग्राफी तालिम आफैमा महत्वपूर्ण रहेको बताए। उनले तालिम अलावा पर्यटन प्रवद्धमा टेवा पुग्ने खालका क्रियाकलाप गर्न सके थप सहयोग गर्ने बताए।
‘सीप सिकौं आत्मनिर्भर बनौं’ भन्ने उद्देश्यका आयोजित तालिममा घरेलु तथा साना उद्योग कार्यालय कास्कीले प्रमुख भूमिका निर्वाह गरेको थियो।
पोखरामा फोटोग्राफी व्यवसाय सञ्चालन गर्दै आएका ३५ फोटोग्राफरले बिशेष र २० जनाले आधारभूत गरी कुल ५५ जना फोटोग्राफर तथा पत्रकारले तालिम लिएका हुन्।
घरेलु तथा साना उद्योग कार्यालयका नि प्रमुख मोहराज ढकालले सिक्ने भन्ने कुरा कहिल्यै पनि नसकिने भएको हँंुदा तालिमले फोटोग्राफरको व्यावसायिकतामा अभिवृद्धि भएको बताए।
कार्यक्रममा प्रमुख प्रशिक्षक मधुसुदन थापा, पत्रकार महासंघ कास्की सदस्य कमल पौडेल अथक, कैलास सहकारी संस्थाका अध्यक्ष तथा पोखरा फोटोग्रफर संघका सल्लाहकार दुर्गाप्रसाद पौडेल, संस्थाका संरक्षक गणेश छवी, प्रशिक्षक तथा सल्लाहकार नवीनराज पौडेल, सल्लाहकार रशेस सापकोटा, प्रशिक्षाथीमध्ये सुशील पौडेल र विधा रेग्मी लगायत बोलेका थिए।
स्वागत मन्तव्य कार्यक्रम संयोजक जनकराज तिवारीले राखेका थिए भने तालिमको उद्देश्यबारे पोखरा फोटोग्राफर संघका अध्यक्ष तुलसीराम सुवेदीले प्रष्ट्याएका थिए। उनले तालिमले पोखराका नयाँ तथा पुराना फोटोग्राफरलाई उर्जा दिएको बताए। घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख मोहराज ढकालको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा संघ सचिव परशुराम शर्माले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
प्रतिष्ठानमा प्रशिक्षक प्रशिक्षण
अरुणा लामा–तारादेवीको स्मृतिमा साँझ
इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
स्थापना दिवसमा प्रेस चौतारीद्वारा स्टेसनरी वितरण
पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
hero news full width
मुख्य समाचार
३४ वटा ऐन संशोधन गर्दै गण्डकी सरकार
कांग्रेस नेता घलेको निधन
माघ २४, २०७९चिकित्सक संघमा लोकतान्त्रिक समूहको वर्चश्व
माघ २४, २०७९हिमालय आँखा अस्पताललाई जापानको सहयोग
माघ २४, २०७९‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
माघ २४, २०७९राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९