पोखरा, ७ माघ । सहारा क्लब पोखराको आयोजनामा यही मंगलबारदेखि पोखरा रंगशालामा १६ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता हुँदैछ । माघ २० सम्म चल्ने उक्त प्रतियोगिताको आवश्यक तयारी पूरा भएको आइतबार आयोजित पत्रकार सम्मेलनमा क्लब अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।
विदेशी २ सहित १२ टिमको सहभागिता रहने प्रतियोगितामा उद्घाटन खेल आयोजक र धनगढीको सुदूरपश्चिम ११ स्पोर्र्टिङ क्लबबीच हुने प्रतियोगिता संयोजक हरेराम गुरुङ सुरजले जानकारी दिए ।
प्रतियोगितामा विभागीय नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ, मनाङ मस्र्याङ्दी, संकटा, झापा ११ फुटबल क्लब, धरान फुटबल क्लब, थ्रिस्टार, भारतको युनाइटेड सिक्किम फुटबल क्लब र बंगलादेशको उत्तर बरिन्धरा क्लब प्रतिष्पर्धामा सहभागी हुँदैछन् ।
आयोजकले यसपालि पुरस्कार राशिमा वृद्धि गरी विजेतालाई ७ लाख १ हजार र उपविजेतालाई ३ लाख ५१ हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र दिने जनाएको छ । सवोर्त्कृष्ट खेलाडीलाई हिरो ड्यास स्कुटर, सर्वाधिक गोलकर्तालाई २५ हजार र वेष्ट अफ फाइभ विधातर्फ जनही १५ हजार पुरस्कार दिइनेछ ।
यस्तै, आयोजकले प्रत्येक टिमलाई एक खेल खेलेवापत अतिरिक्त प्रोत्साहन स्वरुप नगद रकम उपलब्ध गराउने जनाएको छ । जसमा प्रिक्वाटर विजेताले २० हजार, पराजितले १० हजार, क्वाटरफाइनल विजेताले ३० हजार, पराजितले २० हजार, सेमिफाइनल खेल्ने टिमले ५० हजार रुपैयाँ’ पाउनेछन् ।
हिमश्री फुड्सका कार्यकारी अध्यक्ष सूर्यबहादुर केसीले प्रतियोगिता पोखराको चिनारी भएको भन्दै समयक्रमसँगै अझै परिस्कृत गर्दै जानुपर्ने बताए ।
हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा दर्शक आकषिर्त गर्न प्रवेश टिकट आधारमा १ जना भाग्यशाली दर्शकलाई हिरो ड्यास स्कुटर दिइनेछ भने अर्का १ दर्शकले एलजी टीभी पाउनेछन् । दर्शक टिकट क्रमशः ७०, एक सय र १ सय ५० रुपैयाँ’ रहेको क्लब महासचिव विश्वराज बरालले जानकारी दिए ।
उक्त अवसरमा क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष खगराज पौडेलले पोखरा रंगशालामा अन्तर्राष्ट्रियस्तरको फुटबल मैदान निर्माणमा कुनै दुविधा नभएको र आगामी वर्ष मज्जाले फुटबल हेर्न पाइने विश्वास दिलाए । उनले कास्की, तनहुँ र रुपन्देहीमा फुटबल प्रतियोगिताका लागि राखेपबाटै रकम छुट्याउने व्यवस्थामा पहल गरेको बताए । यसपालि आहा रारा गोल्डकपलाई ५ लाख सहयोग गरिएको र आगामी वर्ष उक्त रकम दोब्बर पारिने घोषणा गरे । आगामी सागका लागि पुनःनिर्माण गर्न हाल रंगशालाको प्याराफिट भत्काइएको भए पनि आयोजकले दर्शकका लागि अस्थायीरुपमा स्काफोल्डिङ प्याराफिट निर्माण जारी राखेको जनाएको छ ।
क्लब अध्यक्ष केशवबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रतियोगिता संयोजक सुरज गुरुङ र सञ्चालन महासचिव विश्वराज बरालले गरेका थिए । उक्त अवसरमा हिमश्री फुड्स प्रालिले खेलाडीका लागि जर्सीसहयोग गरेको थियो ।
Related News
सम्बन्धित समाचार
पोखरा स्पोर्ट्स अवार्ड समिति
पोखरामा आर्चरी प्रशिक्षण
बाघचालमा नवीन प्रथम
रेबान भेट्रान्स कपमा नवीनलाई उपाधि, डबल्सतर्फ अनुज र नवीन विजयी
रेबान कप टेनिस फाइनल आज
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर
चैत्र १४, २०७९कार्यकारी अधिकार खोज्दै समन्वय समिति
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९