खैरेनीटार, ७ माघ। तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाइ समितिको २२ औं वाषिर्क साधारणसभा तथा १० औं अधिवेशनबाट निर्वाचित खैरेनीटार बजार इकाइका पदाधिकारीको शपथ तथा पदस्थापना कार्यक्रम सम्पन्न भएको छ।
नवनिर्वाचित सभापति पूर्णबहादुर कायस्थलाई निवर्तमान सभापति अर्जुनकुमार श्रेष्ठले पद तथा गोपनियताको शपथ खुवाएका थिए ।
त्यस्तै, सभापति पूर्णबहादुरले उपसभापति सुजित हिराचन, कोषाध्यक्ष सुजनकुमार श्रेष्ठ, सदस्य अमृत घिमिरे, बुद्धिकुमार-सुवास) श्रेष्ठ, जोसिला थापा, पिताम्बर तिम्सिना-सुरेन्द्र), प्रेमबहादुर श्रेष्ठ, सोमप्रसाद श्रेष्ठ-कान्छा), गोपिकृष्ण तिवारी र केशबहादुर गुरुङ-महादेव) लाई शपथ खुवाए ।
कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका नवनिर्वाचित द्वितीय उपाध्यक्ष तथा खैरेनीटार बजार इकाइका पूर्व सभापति हरिबहादुर थापाले निर्वाचनलाई इकाइको विजयको रुपमा लिन आग्रह गरे। उनले विभाजित मनलाई आगामी दिनमा सँगसँगै सहकार्यमा जुट्न पनि अनुरोध गरे।
कार्यक्रमा तनहुँ उद्योग वाणिज्य संघका पूर्व प्रथम उपाध्यक्ष तथा खैरेनीटार बजार इकाइ पूर्व सभापति हरिकुमार श्रेष्ठले निर्वाचित पदाधिकारीलाई बधाई दिँदै कार्यकालको सफलताको शुभकामना दिए।
खैरेनीटार बजार इकाइ पूर्व सभापति रामलाल मल्लले व्यवसायी मिलेर कार्य गरेमा व्यवसायलाई सफल बनाउन सकिने बताए।
कार्यक्रममा खैरेनीटार बजार इकाइका पूर्व सभापति समुन्द्रराम श्रेष्ठले उत्साह र जाँगरका साथ नव निर्वाचित पदाधिकारीरुलाई व्यावसायिक हकहितको लागि भूमिका निर्वाह गर्न अनुरोध गरे।
अर्जुनकुमार श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा स्वागत बर्मकुमार श्रेष्ठ तथा सञ्चालन पूर्णबहादुर कायस्थ र हरिबहादुर थापाले गरेका थिए।
Related News
सम्बन्धित समाचार
नेफ्स्कुन स्थापना दिवसमा अन्तक्रिया
लेखनाथमा सेयरसम्बन्धी तालिम
अग्नि ग्रुपको टु एस सर्भिस सेन्टर
सहकारी बैंकको वार्षिक समीक्षा
पोउवा संघको अध्यक्षमा पोखरेलको घोषणा
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९