पोखरा, ७ माघ । उपकार बचत तथा ऋण सहकारी संस्थाले दशौ वर्ष प्रवेश गरेको उपलक्ष्यमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ । पोखरा ६, नारेश्वरमा भएको कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन् ।
प्रमुख अतिथि प्रदेश सदस्य राजीव पहारीले दानमध्ये रक्तदान र मतदान महत्वपूर्ण हुने बताए । उनले आफूले फेवाताल संरक्षणलाई प्राथमिकतामा राखेको बताए ।
वडा ६ का अध्यक्ष जगतबहादुर पहारीले उपकार सहकारीले सरसफाइ, रक्तदान, आँखादान लगायतका थुप्रै सामाजिक कार्यहरू गर्दै आईरहेको र अन्य सहकारीले पनि यस्ता कार्यहरू गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा टोल विकास समन्वय समितिका अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी वडा ६ का सभापति गिरिराज अधिकारी, राष्ट्रिय सम्पदाका अध्यक्ष तथा पोखरा उपत्यका बृहत् सरसफाइ अभियानका संयोजक रामबहादुर पौडेल, नागरिक समाज पोखराका कार्यवाहक संयोजक विष्णुहरि अधिकारी, महिला समन्वय समिति संयोजक विष्णु केसी, साइनिग स्टार बोर्डिङ स्कुलका प्रिन्सिपल अर्जुनप्रसाद पान्डे, रक्त संचार केन्द्र पोखराका संयोजक धुब लामिछाने लगायतले बोलेका थिए ।
उक्त अवसरमा सहकारीले पोखरा उपत्यका बृहत् सरसफाइ कार्यक्रमलाई सहयोग स्वरूप संयोजक रामबहादुर पौडेललाई केही थान ज्याकेट सहयोग गरेको छ । संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक विजय पहारीको संयोजकत्वमा भएको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष सूर्यनाथ पहारीले गरेका थिए । कार्यक्रममा सहकारीका सात सिद्धान्त वाचन सहसचिव कृष्णकुमारी घिमिरेले गरेकी थिइन् । कार्यक्रममा सदस्य तुलसी दाहाल, सचिव नारायणप्रसाद अधिकारी लगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
खाद्य लिमिटेडको बिक्री केन्द्र विस्तार
पोखरामा न्युरोडमा पाल्पा हाउस उद्घाटन
सिटी रेवान अध्यक्षमा दीपक तिमिल्सिना
पोखरामा खुल्यो होटल पौवा
होटल पौवाको ११ औं शाखा पोखरामा
hero news full width
मुख्य समाचार
शिक्षक संघ कास्कीमा राजु, महानगरमा किरणबाबु
गण्डकीका २ मन्त्रीले दिए राजीनामा
चैत्र १०, २०७९वसन्त कुँवर नेपाल प्रहरीका आइजिपी
चैत्र १०, २०७९बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
चैत्र १०, २०७९गण्डकी सरकारबाट माओवादी बाहिरियो
चैत्र १०, २०७९गण्डकी सरकारबाट बाहिरिन माओवादीको निर्णय गर्दै
चैत्र १०, २०७९