विपन्न देख्दा धरक्क मन दुख्छ : सांसद तुलाचन

आदर्श समाज सम्वाददाता
माघ ८, २०७४

हेर्दा कालो-कालो अनुहार। कैलो कटराइजको पाइन्ट र पाइन्ट सुहाउँदो जकेट लगाएका एक अधवैंसे आइतवार उत्तम चोकको लेकाली चुलोमा देखिए।

उनी सँगसँगै एक महिला पनि थिइन्। झट्ट हेर्दा उनीहरू रेष्टुरेन्टमा चिया खाजाका लागि आएका ग्राहक जस्ता देखिन्थे। तर सर्न्दर्भ पृथक, जुन कल्याण शेरचन स्मृति प्रतिष्ठानसँग जोडिएको थियो।

त्यो जोडी अरु कोही नभएर कल्याण शेरचन स्मृति प्रतिष्ठानका आजीवन सदस्यको थियो। उनीहरूलाई त्यहाँसम्म आइपुग्नका लागि सोही प्रतिष्ठानले बाध्य गराएको थियो। जुन जोडी प्रतिष्ठानका आजीवन सदस्य प्रेमप्रसाद तुलाचन र शान्ति तुलाचनको  थियो।

प्रतिनिधिसभा सदस्यमा निर्वाचितपछि शपथ ग्रहणसमेत नभएको वेला शेरचन प्रदेश प्रमुखको शपथ कार्यक्रमका लागि पोखरा आउँदा प्रतिष्ठानले सम्मान तथा शुभकामनाका लागि उक्त स्थानमा निम्त्याएको थियो।

लामो समयदेखि राजनीति र समाजसेवामा लागेका तुलाचन हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।

प्रमुख आमन्त्रित व्यक्तित्व तुलाचनलाई प्रतिष्ठानका अध्यक्ष क्या. पूर्ण ह्योल्मोलगायत संरक्षक, संस्थापक, सल्लाहकार, मानार्थ सदस्य सबैले सम्मान गरेपछिको समय उनै सम्मानित व्यक्तित्व प्रेमप्रसाद तुलाचनको रह्यो।

तुलाचनले आफू ठूलो व्यक्ति नभइकन सामान्य हुने खाने र हुँदा खानेका बीचको विभेद अन्त्य गर्नुपर्छ भन्ने सोचको व्यक्ति भएको बताए।

उनले हजुर भनेर आउनेका लागि हातको घडीसमेत झिकेर दिएको स्मरण गर्दै भने-‘कसैको घर भत्केको, चुहिने भएको छ भने मैले सिँधा जस्ता पाता पठाइदिन्थे विपन्न र गरीब देखे धरक्क मन दुख्छ। धेरैका लागि सहयोग गरे तर फोटो खिचेर प्रचारमा लागिनँ।’

आफ्नो व्यवसायका सर्न्दर्भमा उनले व्यवसायबाट कमाएपछि राज्यका लागि कर तिर्नुपर्छ भनेर पूरापूर कमाइको कर तिर्दै आएको बताए। साथै उनले, कमाएको १० प्रतिशत सामाजिक सेवाका लागि लगाउनु पर्छ भनेर काम गर्दै आउँदा त्यसको फाइदा काम गर्दै नगरेको काम मैले गरे भनेर हल्ला गर्नेहरूले लिएकोमा आक्रोशसमेत पोखे।

गत वर्षमात्र आन्तरिक राजश्व कार्यालयबाट धेरै कर तिर्ने करदाताका रूपमा सम्मानित भएको सर्न्दर्भलाई जोड्दै उनले भूकम्पपीडितका लागि यथेष्ट सहयोग गरेपनि कुरा भन्दा कामलाई महत्व दिएकाले कहिल्यै प्रचारमा नलाग्दा धोखा खाएको सो अवसरमा जानकारी गराए।

राजनीति र आफ्नो राजनीतिक व्रि्रोहको सर्न्दर्भ पनि कोट्याउन भ्याएका तुलाचनले पारिवारिक परिवेश भएकाले होला मन फुकाएर कुरा गरिरहेका थिए।

भावुक हुँदै भने-‘सिद्धान्त मन परेर मात्र नहुँदो रहेछ, म दबाब नसहने मान्छे सामन्तवादी सोचसँग लडिरहँे।’ उनले थपे-‘पछिल्लो समय राजनीतिक सुकुम्वासी जस्तो भएकाले गत साउनमा एमाले प्रवेश गरे।’

यस अगाडिको निर्वाचनमा १२ मतले पराजित भएका तुलाचन एमाले प्रवेश गरेको चार महिनामै टिकट पाएर निर्वाचितसमेत भएका हुन्। माननीय भइसक्दासमेत उनमा कुनै दम्भ थिएन। उनलाई देख्दा अरु माननीयको तुलनामा नरम, शालीन र साच्चै जनताको मान्छे जस्तै लाग्थ्यो ।

थोरै राजनीतिक र धेरै सामाजिक विषयमा समय खचेका तुलाचनले बोल्दै गर्दा सफलता आफ्नो मात्र ठानेनन्, स्थानीय क्षेत्रको विकास सँगसँगै राजनीतिक सफलताको जस जीवनसंगिनी शान्ति तुलाचनलाई पनि बाँडे। उनले भन्दै थिए“-‘राजनीति गर्ने स्वभाव मेरो छैन, चाहना त श्रीमतीलाई सांसद बनाउने थियो। उनी सामाजिक काममै खुशी छन्। मलाई सहयोग गरेकी छन्।’ थकाली सेवा समितिको केन्द्रीय उपाध्यक्ष र मुस्ताङका विभिन्न समूहमा रहेर उनले गरेको शैक्षिक, आर्थिक र सामाजिक विकासको चर्चासहित खुलेर पारिवारिक कुरा गरिरहँदा साथैमा बसेकी शान्ति शेरचन पनि हर्षले विभोर भइरहेकी थिइन्।

कल्याण शेरचनको स्मरण गर्दै उनले भने-‘प्रतिष्ठानले वर्षेनी शिक्षा, स्वास्थ्य र खेलकुदसँग सम्बन्धित कार्यक्रम गरेर उनको सम्मान गरेको छ। म पोखरा हुँदाको बखत सक्दो सहयोग गर्ने छु उनको सम्मानका लागि त्यो नै मेरो सच्चा श्रद्धाञ्जली हुनेछ।’

अध्यक्षको आसनबाट प्रतिष्ठानका अध्यक्ष क्या. पूर्ण ह्योल्मो भन्दै थिए-‘मेरो बहिनी पनि गाई वर्गको, शान्ति पनि गाई वर्गको घरमा लक्ष्मीले बास गरेकाले बाटो खुलेको छ त्यसैले अब मन्त्री पद झुण्डियोस् हाम्रो आशीष लाग्ने छ।’

लामो समय काँग्रेसको राजनीति गरेका तुलाचन पछिल्लो समय मुस्ताङबाट वाम गठबन्धनका उम्मेदवार बनेका थिए। उनी ३ हजार ५ सय ४४ मत ल्याएर विजयी बनेका हुन्। उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका उम्मेदवार रोमी गौचन थकालीले ३ हजार १ सय ८१ मत प्राप्त गरेका थिए।

प्रतिनिधिसभातर्फ एक क्षेत्र रहेको मुस्ताङमा कुल ९ हजार ४ सय २७ मतदाता रहेकोमा ६ हजार ७ सय ७३ मत खसेको थियो।

तुलाचन घरायसी व्यापार व्यवसाय, राजनीतिक, सामाजिक र सांस्कृतिक अभियानलाई साथमा दिएर लगाडि बढेका छन्। अब उनका गतिविधिले उनको लोकप्रियता सँगसँगै आगामी भविष्यको बागडोर सम्हाल्न सक्छन्-सक्दैनन् त्यो भने हेर्न बाँकी नै छ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width