पोखरा, ७ माघ । योगा पर्यटन र धार्मिक पर्यटनलाई समेत प्रवर्द्धन गर्ने गरी कास्कीको भलामस्थित हरिहर गुफालाई समेटेर ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल -टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले शनिबार एक दिने पदयात्रा (डे हाइक) सम्पन्न गरेको छ ।
संसारकै होचो स्थानमा रहेको हिमताल भनी प्रचारित कास्कीको कफुचे ताललाई लक्षित गरी एक हप्ता लामो पदयात्रा मार्गको खोज तथा अनुसन्धान सम्पन्न गरेको केही दिन पछि टानले छोटो समयको पदयात्रा चाहने पर्यटकका लागि डे हाइकका लागि अको नयाँ मार्ग विकास गर्न खोजेको हो ।
दीपबाट भलामको हरिहर गुफा हुँदै अर्मलाकोट उक्लिएर टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखरा अन्तर्गतका ४० व्यवसायी आँटीघर मौजा हुँदै पोखरा झरेका थिए । समय कम भएका पर्यटकका लागि पोखरा वरपरका डाँडाकाँडा घुमाउने उद्देश्यले यो मार्ग विकास गर्न लागिएको टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष दीपकराज अधिकारीले जानकारी दिए ।
हरिहर गुफामा विक्रम सम्बत् १९०६ मा श्री ३ जंगबहादुर राणाको पालामा हरिहर भगवानको पूजा गर्ने थालनी भएपछि गुफा अस्तित्वमा आएको गुफा व्यवस्थापन समितिका पूर्व उपाध्यक्ष विष्णु खत्रीले जानकारी दिए । हरिहर गुफा पोखराबाट एक घण्टाको पैदल दुरीमा रहे पनि ओझेलमा परेको उनले सुनाए ।
गुफा क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने प्रशस्त संभावना आफूहरुले पाएको टानका पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष अधिकारीले बताए । गुफा क्षेत्र वरपर शान्त वातावरण भएका कारण योगा पर्यटनको पनि उत्तिकै संभावना रहेको भनाइ अधिकारीको छ ।
डे हाइकका क्रममा गुफा पुगेको टान टोलीले त्यहाँ स्थित सन्न्यास आश्रमका एकदर्जन वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरेको थियो । टोलीमा अमेरिकी तथा कोरियाली नागरिक समेत सहभागी भएका थिए ।
Related News
सम्बन्धित समाचार
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
पर्वतीय संग्रहालयले स्थापना दिवस मनायो
राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
पिएनसी जग्गा विवाद : कित्ता नम्बर ८३३ साठीघरे पराजुलीको ‘खरबारी ’
hero news full width
मुख्य समाचार
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९