पोखरा, ६ माघ। पोखरा माटेपानीस्थित आनन्दित गृह (ह्याप्पी होम) लाई ‘आमा सेतुलीमाया शाक्य स्मृति वृत्ति तथा सम्मान’ प्रदान गरिएको छ।
सिद्धि-सेतुली स्मृति प्रतिष्ठान, पोखराले प्रतिष्ठानले प्रतिष्ठानका संस्थापक अध्यक्ष विश्वरत्न शाक्यका ममतामयी माता सेतुलीमाया शाक्यको ११ औं वाषिर्क पुण्यतिथिमा शनिबार आनन्दित गृहलाई पुरस्कारस्वरुप १ लाख रुपैयाँ थैलीसहित उक्त सम्मान गरिएको हो।
एजिङ नेपालका संस्थापक अध्यक्ष कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’ले गृहका संस्थापक अध्यक्ष डा यज्ञमान शाक्यसहित सदस्यलाई उक्त पुरस्कार संयुक्त प्रदान गरे ।
कार्यक्रममा संस्थापक अध्यक्ष शाक्यको परिवारबाट आनन्दित गृहको अक्षयकोषका लागि थप १ लाख १ सय १ रुपैयाँ प्रदान गर्यो।
सेतुलीमायाको पलातिनी सुमना बज्राचार्य र सृजिता शाक्यद्वारा गृहकी सञ्चालिका रोमा रावत शाक्यलाई उक्त रकम प्रदान गरिएको हो।
कार्यक्रममा प्रतिष्ठानले ज्येष्ठ नागरिक ७९ वर्षीय डा कुमारशमशेर राणा र खेमनाथ शर्मा पौडेललाई दोसल्ला ओढाइ सम्मानपत्रद्वारा सम्मान गरेको छ। माटेपानीस्थित आनन्दित गृह डा यज्ञमान शाक्यको विशेष सक्रियता र संरक्षकत्वमा २०७० देखि ज्येष्ठ नागरिकको आवासीय तथा दिवा स्याहार केन्द्रका रुपमा सञ्चालन हुँदै आएको छ। गृहमा ४० जना ज्येष्ठ नागरिकलाई दिवा सेवा र १४ जना ज्येष्ठ नागरिकलाई आवासीय सेवा सुविधा उपलब्ध गराउने क्षमता छ । हाल संस्थामा ८ जना ज्येष्ठ नागरिकले आवासीयरुपमा सेवा लिइरहेका छन् । आमा सेतुलीमाया शाक्य स्मृति सम्मान तथा वृत्तिबाट यसअघि चूडामणी रेग्मी झापा, लक्ष्मी अधिकारी आँकुरा एकल तथा सङ्क्रमित महिला समूह कास्की, दिलशोभा आमाघर काठमाडौं, आदर्श महिला तथा बालविकास केन्द्र लमजुङ, सहारा एकेडेमी कास्की सम्मानित भइसकेका छन्।
कार्यक्रममा प्रमुख अतिथि गौतमले ज्येष्ठ नागरिकलाई समाज र घरपरिवारमा सम्मानका साथ राख्नुपर्नेमा जोड दिए। उनले ज्येष्ठ नागरिकको समाज र आफ्नै घरपरिवारमा बस्न पाउने अधिकार रहेको चर्चा गरे।
कार्यक्रममा प्रतिभा छनोट समिति संयोजक भूपनिधि पन्तले सम्मानित संस्थाबारे र प्रतिष्ठानका पूर्व अध्यक्ष नारायण कार्कीले प्रतिष्ठान र प्रमुख अतिथि गौतमबारे प्रकाश पारेका थिए।
कार्यक्रममा शिक्षासेवी जर्ज जोन, सम्मानित व्यक्तित्व डा कुमारशमशेर राणा, पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राखेका थिए। प्रतिष्ठानका अध्यक्ष नरेन्द्रमान लालचनको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका सदस्य हनिफ मियाँले स्वागत र सचिव पशुपति श्रेष्ठले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
hero news full width
मुख्य समाचार
घर फर्किए म्यादी प्रहरी
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
जेठ ६, २०७९पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
जेठ ५, २०७९गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
जेठ ५, २०७९पोखरा महानगरमा मतान्तर बढाउँदै धनराज
जेठ ५, २०७९