पोखरा, ६ माघ। जारी आठौं पोखरा महोत्सवमा गायिका माया गुरुङ र उमा गुरुङलाई शनिबार सम्मान गरिएको छ।
चालीसको दशकमा चर्चामा आएको भए तापनि पछिल्लो समय गुमनाम जस्तै रहेका ती गायिकालाई युनाइटेड क्लबले महोत्सव स्थलमा सम्मान गरेको क्लब अध्यक्ष सुकबहादुर गुरुङले बताए।
सम्मान ग्रहणपछि गायिका माया गुरुङले पछिल्लो समय लोकसंस्कृतीमा विकृति बढेकाले निकै दुःख लागेको बताइन्। गुरुङले ‘गाउँ शहरमा लम्जुङ दरबार’ गीत आफ्नै वास्तविक जीवनको गीत भएकाले निकट भविष्यमा एकल साँझ गर्ने धोको रहेको र त्यसका लागि सबैले सहयोग गरिदिन समेत आग्रह गरिन्।
पोखरा महोत्सव अवसरमा लोक संस्कृतिको संस्कृतिको संरक्षणमा योगदान पुर्याएका ब्यक्तिलाई सम्मान गर्ने हरेक वषेको श्रृंखलामा यसपालि उनीहरुलाई सम्मान गर्न पाउँदा खुशी लागेको प्रचार प्रसार संयोजक राजु श्रेष्ठले बताए।
उनीहरुलाई क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल, क्लब अध्यक्ष सुकबहादुर गुरुङ, प्रथम उपाध्यक्ष लालकाजी गुरुङ, द्वितीय उपाध्यक्ष लोकबहादुर थापा, महासचिव राजु श्रेष्ठ, सचिव शान्तबहादुर थापा, कोषाध्यक्ष गणेश तिमिल्सिना, गायिका कोमल वली लगायतले सामूहिक रुपमा सम्मान गर्दै सम्मानपत्र हस्तान्तरण गरेका थिए।
शनिबार नै गायिका वलीले पोइला जान पाम भन्ने गीत गाउँदा महोत्सवमा उपस्थित दर्शक झुमेर नाचेका थिए। हास्य ब्यङ्ग्यतर्फ पुखे बा र लाइभ कर्न्र्सटमा भिटेनको प्रस्तुति रह्यो ।
आइतबार लोकदोहोरी गायिका राधिका हमाल र स्थानीय कलाकारद्वारा लोकदोहोरी प्रस्तुत गरिने छ भने साँझ लाइभब्याण्डमा द एक्स ब्याण्डको प्रस्तुति रहने छ। शनिबार महोत्सवको ४० हजार दर्शकले अवलोकन गरे भने १ करोड ५० लाख रुपैयाँ कारोबार भएको जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
‘महानगरका पाँच वर्ष’ विमोचन
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९भरतपुरमा रेनु दाहालको आग्रता
वैशाख ३१, २०७९