बालक बचाउन सहयोग

आदर्श समाज सम्वाददाता
माघ ७, २०७४
blood help

पोखरा, ६ माघ। पोखरा फूलबारीस्थित मनकामना बोर्डिङ स्कुलका पूर्व विद्यार्थीको संस्था (मेसा) ले संस्थाका सदस्य पोखरा १५ निवासी इश्वर गर्वुजाका छोरा ८ वर्षीय मिगिनको स्वस्थ्य उपचारका लागि आर्थिक सहयोग गरेको छ।

ब्लड क्यान्सरपीडित छोराको जीवनरक्षाका लागि बाबुले सहयोगको याचना गरेपछि मेसा हङ्कङका सदस्य रमेश पुनले ‘प्ले फर मिगिन गर्वुजा’ शीर्षकमा हङकङमा भलिबल च्यारिटी कार्यक्रम गरी रकम संकलन गरिएको जनाइएको छ । जसमा मेसाले ६ लाख १४ हजार रुपैयाँ जुटाएको थियो ।

बिरामी मिगिन हाल ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारत् छन् । मिगिनका लागि युकेमा रहेका मीरा फगामी र सिङ्गापुरमा रहेका याम पुनले समेत सहयोग रकम जुटाएका थिए ।

यसअघि नै पुन युनाइटेड क्लबले समेत मिगिनको उपचारका लागि २ लाख ५२ हजार सहयोग प्रदान गरिसकेको थियो ।

बाबु इश्वर आफ्नो छोरा बिरामी भएर परिवार नै पीडामा रहे पनि संस्थाका साथीले गरेको सहयोगबाट आफू गर्वित भएको बताए। उनले सहयोगप्रति आभार व्यक्त गर्दै छोराको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको समेत जानकारी दिए।

Related News

सम्बन्धित समाचार

  • मधेसमा ‘बोक्सी हुन्न’ अभियान

    आदर्श समाज सम्वाददाता भाद्र ३, २०७९
    हेमजा । मधेस प्रदेशका विभिन्न जिल्लामा ‘बोक्सी हुन्न’ अभियान संचालन गरिएको छ । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान…
  • भगिनी सम्बन्धको दुरुपयोग

    आदर्श समाज सम्वाददाता भाद्र ३, २०७९
    पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाका बालकृष्ण गौतम जेठमा कोरिया गए । गाउँपालिकाले ‘सिजनल भिसा’ मा कोरिया जान सिफारिस गरेपछि उनी…
  • बाबुको निधनपछि १९ वर्षीया साधनाको उपचारमा सकस

    आदर्श समाज सम्वाददाता भाद्र २, २०७९
    लमजुङ । बेंशिसहर–८ की १९ वर्षीया साधना श्रेष्ठको उपचारमा आर्थिक अभाव सिर्जिएको छ । राइनोरियाका कारण उनको उपचारमा धेरै रकम…
  • नागरिक विधेयक प्रक्रियामा

    आदर्श समाज सम्वाददाता भाद्र २, २०७९
    पोखरा । प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाएपछि उत्पन्न तरंग कसरी साम्य होला भन्ने संशयबीच सो विधेयकको पुनः…
  • मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून

    रासस भाद्र १, २०७९
    काठमाडौं । ठेक्का अवधिको एक वर्ष बित्नै लाग्दा पृथ्वीराजमार्ग (मुग्लिन–पोखरा) सडकको हालसम्मको प्रगति दुई प्रतिशतको हाराहारी छ । चार लेन…

hero news full width