पोखरा, ४ माघ। सफल राष्ट्रिय व्यापार मेला तथा दोस्रो मोवाइल मेलाअन्तर्गत शुक्रबार फेसन शो हुँदैछ ।
नायिका सञ्चिता लुइँटेल र्याम्पमा उत्रने ‘फेसन शो’ को प्रायोजक चेरिष्मा इम्पोरियमकी सञ्चालक समेत रहेकी पोखरा उद्योग वाणिज्य संघ सदस्य सीता बरालले जानकारी दिइन् । उनका अनुसार फेसन शोमा नेपालका चर्चित पुरुष तथा महिला मोडल सहभागी हुनेछन् ।
शुक्रबार लोकगायक बद्री पगेँनी विशेष आकर्षण रहने सांस्कृतिक उपसमिति संयोजक पवनकुमार प्रजापतिले जनाए । यस्तै, चोलेन्द्र पौडेल, शंकरविरही गुरुङ, कृष्ण देवकोटा, अमर धिताल, सरला पाण्डे, शिवहरि ढुंगाना, शान्ति डोटेल, पारु गुरुङ, नेत्रपाणि बास्तोला पनि गायन प्रस्तुत गर्नेछन् ।
बिहीबार राजेशपायल राईको विशेष प्रस्तुतिले दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गर्यो। साथै उनलाई रवि रिमाल, मीना निरौलाले साथ दिए ।
लोकगायक खुमन अधिकारी, चोलेन्द्र पौडेल, शंकरविरही गुरुङ, केशव देवकोटा, चन्द्रा कार्की, काजल गुरुङ, सरस्वती परियार, जगत गौडेल, नेत्रपाणि बास्तोलासहित मुलाको साग र जोगिन्दर पानवालको हास्य प्रहशन पनि समावेश गरिएको थियो।
मेला प्रवेश टिकटमा बम्पर उपहारको व्यवस्था समेत गरेको छ। मेला समापनमा प्रवेश टिकटमध्ये एक जनालाई गोलाप्रथाद्धारा हुण्र्डाई कम्पनीको इवन गाडी उपहारको राखिएको छ। सो गाडीको बजार मूल्य १८ लाखभन्दा बढी छ।
आयोजकका अनुसार मंगलबारसम्म करिब १ लाख २० हजार जनाले मेलाको अवलोकन गरेको र ७ करोडजतिको कारोबार भएको छ । यस्तै, दोस्रो मोवाइल मेलाअन्तर्गत मोवाइल एक्सचेञ्ज अफर प्रमुख आकर्षण बन्न पुगेको छ। अफर अनुसार बिहीबार मात्र १ सय भन्दा बढी मोवाइल साटफेर गरिएको छ। पोखरा नयाँबजारस्थित स्थायी प्रदर्शनी केन्द्रमा जारी मेला माघ ८ सम्म चल्नेछ ।
Related News
सम्बन्धित समाचार
ट्होटेंमा राष्ट्रपतिको आगमनले तमुहरु उत्साहित
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
मासबार आमा समूहमा शारदा
नेतृत्व विकास तालिम
दीपशिखा पुस्तकालयमा अन्तक्र्रिया
hero news full width
मुख्य समाचार
राष्ट्रपति भण्डारी पोखरामा, दिनभर भेटघाटमा व्यस्त
राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
श्रावण ३०, २०७९नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९गण्डकीको होमस्टे : पाहुना जाँदैनन्, पैसामात्रै खर्च
श्रावण ३०, २०७९ट्होटेका दिन साउन ३१ गते पाेखरामा स्थानीय बिदा
श्रावण २९, २०७९आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
श्रावण २९, २०७९