काठमाडौं, ४ माघ। नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा नेतृत्वले एकलौटी निर्णय गरेको र नेतृत्व प्रभावकारी नभएको भन्दै केन्द्रीय सदस्यले चर्को आलोचना गरेका छन्। राष्ट्रियसभा निर्वाचनबारे पार्टीको आधिकारिक निर्णय गर्न भन्दै बसेको बैठकमा निर्वाचनमा पराजयको बारेमा समेत नेताहरुले प्रसंग जोड्दै नेतृत्वको आलोचना गरेका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको समीक्षा गरिनुका साथै राष्ट्रिय सभाका लागि उम्मेदवार छनौट, महासमिति बैठक आहृवान, संविधान कार्यान्वयन लगायत विषयमा छलफल भएको जनाइएको छ।
प्रधानमन्त्री समेत रहे भएका काँग्रेस सभापति शेरबहादुर देउवाले बैठकको शुरुमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको समीक्षा, महासमिति बैठकको आहृवान गर्ने, संवैधानिक व्यवस्था अनुसार पार्टीको विधान संशोधन, भातृ संगठनका लागि विभिन्न कार्यक्रम तय गर्नुपर्ने विषय अघि सारेका थिए। बैठकमा युवा नेताहरुले अस्थायी मुकामको विषय, समानुपातिक उम्मेदवार छनौटमा भएको कमजोरी लगायत विषय पनि कुरा उठाएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
बैठकमा बोल्ने केन्द्रीय सदस्यले नेतृत्वको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएका छन्। नेतृत्वको आलोचना गर्नेमा वरिष्ठ नेता पौडेल पक्षीय केन्द्रीय सदस्य र युवा नेताहरु थिए। कोइराला परिवारसँग निकट मानिने पूर्व सिँचाइ मन्त्रीसमेत रहेका काँग्रेस केन्द्रीय सदस्य दीपक गिरीले नेतृत्व मनोमानी ढंगबाट चलेको आरोप लगाउँदै केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरे। उनले प्रदेश नम्बर ५ को अस्थायी राजधानी दाङ नतोकिएपछि पार्टीसभापति एव् प्रधानमन्त्री शेरबहादुर देउवाप्रति असन्तुष्ट जनाएका छन्। ‘काँग्रेस नेतृत्वको सरकारले बुधबार प्रदेशको अस्थायी राजधानी तोकेको प्रति धारणा राखेको छुु-बैठक शुरु भएको १ घण्टामै बाहिरिएका नेता गिरीले भने-‘नेतृत्व मनोमानी ढंगबाट एकलौटी रुपमा प्रदेश राजधानी तोकेकोप्रति मेरो सहमति छैन।’
नेता गिरीले केन्द्रीय कार्य समिति बैठक बहिष्कार गरेर बाहिरिएको केही समय पछि बैठकस्थलबाट बाहिरिएका नेतृ सुजाता कोइरालाले आफू कुनै कुरा नराखेरै बाहिरिएको बताइन्। उनले बैठकलाई राष्ट्रिय सभा निर्वाचनमा मात्रै केन्द्रीत गरेकोप्रति आफू असन्तुष्ट रहेको प्रष्ट पारिन्। बैठकको शुरुवातमा बोल्दै सभापति देउवाले नेपाली काँग्रेसको नेतृत्वमा निर्माण भएको संविधान कार्यान्वयनको एउटा महत्वपूर्ण चरण नेपाली काँग्रेसकै नेतृत्वको सरकराले पूरा गरेको भन्दै खुशी व्यक्त गरे। संविधान निर्माणपछि अन्ततः तराई मधेशमा उत्पन्न समस्यालाई समाधान गरी निर्वाचनको प्रक्रियामा सबै पक्षलाई सहभागी गराउन सक्नु काँग्रेसको नेतृत्वका सरकार र सिंगो काँग्रेस पार्टीको सफलता हो भन्दै उनले लामो संक्रमणकाल अन्त्य गर्न प्राप्त सफलता भएकोमा प्रधानमन्त्री एवं पार्टीसभापतिको हैसियतले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुमा बधाई ज्ञापन गरेका थिए।
निर्वाचनको परिणाम पार्टीअनुकूल आउन नसक्नुको पछिल्तिर जे-जे कारण होलान् ती सबैका सर्न्दर्भमा समय लिएर व्यापक रुपले गम्भीर समीक्षा र छलफल एवं अन्तरक्रिया गर्न जरुरी रहेको देउवाले बताए। उनले निकट भविष्यमा पार्टीको महासमितिको बैठक बस्ने र राज्यको पुनर्संरचना अनुसार पार्टीको विधानमा संशोधनका साथै नयाँ रक्तसञ्चार हुने गरी पार्टीको आगामी रणनीति तय गरिने बताए। बालुवाटारमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा संस्थापन पक्षइतरका केन्द्रीय सदस्यले विभिन्न मुद्दा अघि सारेर चर्को असन्तुष्टि व्यक्त गरेको एक केन्द्रीय सदस्यले बताए। उनीहरुले नेतृत्व विधान विपरित चलेको, नेतृत्वले एकलौटी रुपमा पार्टीहाँकेको, नेतृत्वकै कारण प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले हार व्यहोरेको, पार्टीसंसदीय समिति र केन्द्रीय कार्य सम्पादन समिति बिघटन हुनुपर्ने, चुनावको समीक्षा, पार्टीशुद्धीकरण गर्नुपर्ने लगायत विषयमा आ-आफ्नो धारणा राखेका थिए।
Related News
सम्बन्धित समाचार
सातौं ब्रेज मेश्रो अवार्ड परियारलाई
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस
१३ औं पोखरा महोत्सवको लोकनृत्यमा १४ टिम
hero news full width
मुख्य समाचार
पोखरा महानगरले आजदेखि करार कर्मचारीलाई हाजिर नगराउने
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
माघ ४, २०८१पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
माघ ३, २०८१करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१