पोखरा, ४ माघ। भर्सटाइल युथ सोसाइटी पोखराले नेतृत्वमा युवाको सवालबारे अन्तक्रिर्या गरेको छ। युवाको उपस्थिति नेतृत्व तहमा कमजोर हुँदै गएको भन्दै भर्सटाइलले हरेक क्षेत्रमा युवाको निर्णायक सहभागिता हुनुनपर्नेमा जोड दिएको हो।
बुधबार भएको कार्यक्रममा पर्वत क्षेत्र १ बाट विजयी प्रतिनिधिसभा सदस्य पदम गिरीले राजनीतिमा युवाको सक्रिय सहभागिता आवश्यक रहेको बताए।
उनले युवाको उपस्थितिले मात्रै देशको समृद्धि सम्भव हुने बताए। ‘राजनीतिलाई फोहरी खेलको रूपमा संसारले स्वीकारेको छ। नेपालमा पनि धेरै क्षेत्र यस्तै छ’-उनी भन्छन्-‘अब युवाको उपस्थितिले सबै विकृति र विसंगति अन्त्य गर्नुपर्छ। युवा साथीलाई मेरो आग्रह छ।’ उनले विकास निर्माणमा युवा परिचालन गर्न नीतिगत तहमै व्यवस्था हुनुपर्नेमा जोड दिए।
पोखरा विश्वविद्यालयका इञ्जिनियरिङ डिन बुद्धिराज जोशीले शैक्षिक क्षेत्रको नेतृत्व युवापुस्तामा हस्तान्तरण नभएको भन्दै परिवर्तनको सवालमा युवा एकजुट हुनुपर्ने बताए।
युवा परिषद कास्कीका अध्यक्ष आशीर्वाद सुवेदीले राष्ट्रिय ‘युवा नीति २०७२’ र ‘युवा भिजन २०२५’ बारे प्रकाश पार्दे सरकारी तहबाटै युवाको भूमिका स्पष्ट हुनुपर्ने धारणा राखे।
संस्थाका संस्थापक सुन्दर गिरीको सहजीकरणमा भएको कार्यक्रममा सहसंयोजक सुरेन्द्र पौडेलले स्वागत गरेका थिए।
Related News
सम्बन्धित समाचार
तमु सांस्कृतिक प्रतिष्ठानको छात्रवृत्ति
पोउवा संघको कार्यसमितिलाई बुद्व विशाल बजारकाे बधाई
सेन्टर प्वाइन्टमा प्याराडाइज स्पाको शाखा
आज संविधान दिवस
पोखरा महानगर शिक्षा महाशाखाद्वारा शैक्षिक सम्मान
hero news full width
मुख्य समाचार
गण्डकीमा ५ वटा ऐन संशोधन हुँदै
रुपा रिङरोड दोस्रो खण्ड शिलान्यास, लागत ४७ करोड १८ लाख
असाेज ३, २०८१संविधान दिवसमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान
असाेज ३, २०८१पोखरामा मनाइयो संविधान दिवस
असाेज ३, २०८१हिसान कास्कीमा दिवाकर जैसी
असाेज २, २०८१आजदेखि सोह्र श्राद्ध सुरु
असाेज २, २०८१