हेमजा, २ माघ। अन्नपूर्ण गाउँपालिकाका वडा १, २ र ३ साविक ढिकुरपोखरी गाविसलाई दूध गाउँका रुपमा विकास गरिनुपर्नेमा जोड दिइएको छ।
अन्नपूर्ण गाउँपालिका १ स्थित नागडाँडा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको २० औं वाषिर्क साधारण सभाका वक्ताले सो कुरामा जोड दिएका हुन्।प्रमुख अतिथि सहकारीका वरिष्ठ सल्लाहकार एवं सप्तगण्डकी जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष पुण्यप्रसाद पौडेलले साविक ढिकुरपोखरी गाविस प्राकृतिक हिसावले पशुपालनका लागि उपयुक्त रहेको ठहर गर्दै ढिकुरपोखरीमा गाईभैसीपालन गरी दूध गाउँ बनाउनुपर्नेमा जोड दिए। पौडेलले ढिकुरपोखरीको हावापानी खेतीपातीको लागि भन्दा पशुपालनकै लागि राम्रो रहेको तर्क समेत गरे।
अन्नपूर्ण गाउँपालिका १ का अध्यक्ष भरतजंग कुँवरले सहकारीसँग मिलेर ढिकुरपोखरीलाई दुग्ध गाउँ बनाउन वडाले सक्दो सहयोग गर्ने प्रतिबद्घता जनाए।वडा ३ का अध्यक्ष चन्द्रबहादुर गुरुङले नागडाँडा दुग्ध सहकारी समग्र गाउँपालिकाकै नमुना उद्योग भएको चर्चा गर्दै पशुपालनको विकासमा गाउँपालिकाले उचित ध्यान दिनुपर्ने आवश्यकता औल्याए।
त्यस अवसरमा वडा २ की सदस्य भगवती भण्डारी, सहकारीका सदस्य मदनप्रसाद पौडेल र खगराज अधिकारी, पशु सेवा प्राविधिक गोविन्दराज पौडेल, पशु विकास अधिकृत गोमा श्रेष्ठ, कृषि विकास कार्यालय ढिकुरपोखरीका प्रमुख शशीकुमार सिंह लगायतले पनि आ-आफ्ना धारणा राखेका थिए।
कार्यक्रममा लेखा संयोजक चूडामणि पौडेलले आव २०७३/०७४ को लेखा परीक्षण प्रतिवेदन, अध्यक्ष चूडामणि अधिकारीले वाषिर्क प्रगति प्रतिवेदन पेस गरे ।
यस्तै, १० करोड २२ लाख रुपैयाँ बराबरको आगामी आर्थिक वर्षको अनुमानित आय-व्यय विवरण सहितको प्रतिवेदन सहकारीका व्यवस्थापक यमप्रसाद अधिकारी, पशुबिमाको वाषिर्क लेखा परीक्षण प्रतिवेदन सचिव तारानाथ अधिकारी र बिमाको आगामी वर्षका कार्यक्रमबारे विमा उपसमितिका अध्यक्ष कलाधर भुगाईले प्रतिवेदन प्रस्तुत गरेका थिए।
सहकारीका अध्यक्ष चूडामणि अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष हेमराज अधिकारीले स्वागत र व्यवस्थापक यमप्रसाद अधिकारीले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
‘महानगरका पाँच वर्ष’ विमोचन
hero news full width
मुख्य समाचार
एमालेलाई जीत जोगाउनै सकस
जहाँ पुरानो जीत दोहोरिएन…
जेठ ३, २०७९तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९