पोखरा, २ माघ । घरेलु तथा साना उद्योग कार्यालय पोखराको आयोजना तथा पोखरा फोटोग्राफर संघको संयोजनमा पोखराका फोटोग्राफरलाई मंगलबारदेखि विशेष फोटोग्राफी तालिम शुरु गरिएको छ ।
तालिम उद्घाटन गदै प्रमुख अतिथि पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले फोटोग्राफी पेसामा संलग्न रहनु र तालिम लिनु फरक फरक कुरा भएको बताए। तालिमको उद्घाटन अधिकारीले फोटो खिचेर गरेका थिए।
घरेलु तथा साना उद्योग कार्यालय कास्कीका निमित्त प्रमुख मोहराज ढकालले सीप सिकेर रोजगार बनौ भन्ने मूलमन्त्राका साथ यस्तो तालिमको आयोजना गरिएको बताए।
पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले फोटोग्राफी तालिम निकै फलदायी हुने र यो तालिमले गुणस्तरीय फोटोग्राफर उत्पादन हुने कुरामा विश्वस्त रहेको बताए।
पोखरा फोटोग्राफर संघका अध्यक्ष तुलसीराम सुवेदीले स्वागत मन्तव्य राख्दै तालिमबारे जानकारी दिए ।
घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख मोहराज ढकालको अध्यक्षतामा सञ्चालन भएको तालिममा फोटो ग्राफर मधुसुधन थापाले सहजीकरण गर्ने छन् ।
कार्यक्रम सञ्चालन घरेलु तथा साना उद्योग कार्यालय कास्कीका लेखा अधिकृत विष्णुप्रसाद आचार्य गरेका थिए। तालिम एक सातासम्म चल्नेछ । तालिममा पोखराका ३५ जना फोटोग्राफर संलग्न छन्।
Related News
सम्बन्धित समाचार
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
पोखरा महानगरको प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९नौमती बाजाः जीतको पर्याय
जेठ ९, २०७९