नारायणगढ-मुग्लिन सडक विस्तार कार्य फितलो

आदर्श समाज सम्वाददाता
माघ १, २०७४

चितवन, ३० पुस। नारायणगढ-मुग्लिन सडक खण्डमा रातीको सममयमा यातायात रोकेर गरिएको काम प्रभावकारी हुन सकेको छैन।

सडक विस्तारको कामलाई तीब्रता दिन राती १० बजेदेखि बिहान ४ बजेसम्म यातायात रोकेर काम गर्ने भनिए पनि काममा प्रगति हुन नसकेको हो।

रातीको समयमा सवारी रोकिँदा त्यसको असर दिउँसो पर्ने हुँदा उक्त सडक खण्ड पार गर्न घण्टौं लाग्ने गरेको छ।

नारायणगढ-मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार रातीमा ट्राफिक व्यवस्थापन गर्न झनै गाह्रो भएका कारण कामले गति लिन नसकेको हो। उनले भने-‘राती १० बजे अगाडि मुग्लिनबाट छुटेका सवारी रामनगर आइपुग्दा राती १/२ बज्छ, रामनगरबाट छुटेका सवारी मुग्लिन पुग्ने राती १/२ बज्छ, कतिखेर काम गर्ने -’ रातीको समयमा सामान्य सवारी बिग्रदा पनि घण्टौं जाम पर्ने र ट्राफिक व्यवस्थापन गर्न नसकिँदा भित्रो काट्ने काम गर्न नसकिएको इञ्जिनियर खनालको भनाइ छ। उनले भने-‘रातीमा सामान्य जाम पर्दा पनि साना सवारीले ओभरटेक गरेर दुर्इ लाईन सवारी भईदिँदा घण्टौं सवारी जाम पर्ने समस्या देखिएको छ।’

रातको समयमा भन्दा कामलाई तीब्रता दिन दिउँसो नै सवारी आवागमन बन्द गरेर काम गर्नुपर्ने खनालले बताए। उनले भने-‘यस अघिको जस्तै दिउँसो सवारी रोकेर कामलाई तीब्रता दिनुपर्छ भन्ने सोचमा आयोजना पुगेको छ।’ केही दिनमा सरोकारवाला निकायबीच छलफल गरेर यस विषयमा निर्णय गरिने उनले बताए। दिउँसोमा यातायात आवागमन रोकेर भित्तो काट्ने र कालोपत्रे गर्ने काम एकै पटक गर्न सकिने उनको भनाइ छ।

पुस १८ गतेदेखि रातको समयमा यातायात रोकेर भित्तो काट्ने काम गर्ने र दिउँसोको समयमा एकतर्फी सवारी सञ्चालन गरेर कालोपत्रेको काम गर्ने निर्णय गरिएको थियो। रातीमा सवारी जाम पर्दा दिउँसोमा पनि त्यसको असर हुँदा राती र दिउँसो दुवै समयमा काम हुन नसकेको खनालले बताए। रातीमा ट्राफिक व्यवस्थापन गर्न कठिन हुने तर दिउँसोको समयमा ट्राफिक व्यवस्थापन गर्न सहज हुने खनालको भनाइ छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्त दिउँसोका सवारी दिउँसो नै कटाउन नसकिंदा रातीमा काम गर्ने वातावरण नबनेको बताउँछन्। उनले भने-‘हामीले काठमाडौंबाट आउने रात्री बस १० बजेभित्र कटिसक्ने र काठमाडौं जान आउन सवारी बिहानीपख मात्रै आउने अनुमानका आधारमा राती काम गर्न सहज होला भन्ने अनुमान गरेका थियौं।’ तर अनुमान गरे जस्तो सहज हुन नसकेको पन्तले बताए।

पन्तले भने-‘गाडी बिग्रने, सडकमा सवारी राखेर चालक सुत्ने, ओभरटेक गर्ने, पुलमा एकतर्फी हुने हुँदा सवारी सहज हुन सकेन।’ दिउँसो सवारी सहज नहुँदा त्यसको असर रातभर पर्ने गरेको उनको भनाइ छ। उनले भने-‘अहिले पनि उक्त सडकखण्ड पार गर्न ५/६ घण्टा समय लाइरहेको छ।’

रातीको समयमा भन्दा दिउँदोको समयमा यातायात रोकेर काम गर्न सहज हुने देखिएको छ। दिउँसो काम भएमा राती यातायात सहज हुने गरी सडक सफा गर्नुपर्ने पन्तले बताए।

हालसम्म उक्त सडकखण्डको ६९ दशमलब ४ प्रतिशत काम सम्पन्न र १४ दशमलब ७ किलोमिटर सडक कालोपत्रे भएको आयोजनाका इञ्जिनियर खनालले जानकारी दिए।

चार दिन चौबीसै घण्टा खुला

नारायणगढ-मुग्लिन सडक खण्ड चार दिन चौबीसै घण्टा खुला हुने भएको छ। माघे संक्रान्ति (माघी) पर्वका कारण देवघाट लगायतका धार्मिक स्थानमा आउने जान सवारी चाप बढी हुने हुँदा पुस २९ रातीदेखि माघ २ गते रातीसम्म चार दिन चौबीसै घण्टा सडक खुला गरिने भएको हो। नारायणगढ-मुग्लिन सडक आयोजनाले शनिवार एक सूचना प्रकाशित गरी रातको समयमा दैनिक ६ घण्टा बन्द हुँदै आएको सडक चार दिन चौबीसै घण्टा खुला रहने जनाएको छ। माघ २ गतेपछि फेरि राती १० देखि बिहान चार बजेसम्म सो सडक बन्द हुनेछ। आयोजनाले पुस १८ देखि राती १० बजेदेखि बिहान ४ बजेसम्म दैनिक ६ घण्टा यातायात बन्द गरेर काम गर्दै आएको थियो।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width