पोखरा, ३० पुस। अन्नपूर्ण गाउँपालिकाको विवाद समाधान भएको छ।
पूरानै ठाउँबाट कार्यालय सञ्चालन गर्ने भएपछि आइतवार दुवैतिरका कार्यालयको ताला खोलिएको छ। गाउँपालिका प्रमुख र उपप्रमुखले आँफुखुसी गाउँपालिका कार्यालय सारेको भन्दै लुम्लेका बासिन्दाले ढिकुरपोखरीस्थित गाउँपालिका कार्यालयमा २ साता अघि तालाबन्दी गरिदिएका थिए।
‘यसअघिको अस्थायी कार्यालयबाट नै सेवा सञ्चालन गर्ने मौखिक सहमति गाउँपालिकाका अध्यक्षज्यूसँग भएको छ। सहमति पछि दुवै ठाउँमा गरिएको तालाबन्दी खुलेको छ’-अन्नपूर्ण गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष चित्रबहादुर गुरुङले भने-‘स्थायी कार्यालयका लागि पनि माछापोखरी मन्त्रालयबाटै रेजेक्ट भएको भनेर अध्यक्षले भन्नुभएको छ। अब अस्थायी कार्यालय नजिकै स्थायी केन्द्र बनाउन मन्त्रालयमा सिफारिस गर्ने सहमति जुटेको छ।’ उनका अनुसार गाउँपालिकाका महत्वपूर्ण विभागहरू अस्थायी कार्यालयबाट चलाउने र अस्थायी कार्यालयमा नअटेका काम ढिकुरपोखरीबाट चलाउने सहमति भएको छ।
गाउँपालिका अध्यक्ष युवराज कुवँरले जनताको हितका निम्ति जननिर्वाचित प्रतिनिधीले आवश्यक परे सडकमा बसेर पनि काम गर्न तयार रहेको बताए। ‘हामी जनताका प्रतिनिधि हौं। जनतालाई दुःख नहोस्, जहाँ बसेरपनि सेवा दिन तयार छौं’-उनी भन्छन्-‘जहाँबाट छिटो र सरल रूपमा सेवा प्रदान गर्न सकिन्छ त्यतैतिर हाम्रो जोड रहन्छ।’ स्थायी केन्द्रका लागि अन्नपूर्ण गाउँपालिकालाई करिब ४ सय रोपनी जग्गा चाहिने भन्दै जग्गा उपलब्ध भएको ठाउँमा जनताको पायक पर्नेगरी सिफारिस गरिने कुवँरको भनाइ छ। यसका लागि गाउँ कार्यपालिकाले निर्णय गर्ने कुवँरले बताए। यसअघि पनि कार्यालय सारेकै विषयमा विवाद सिर्जना भएपछि एकसातासम्म कार्यलयमा तालाबन्दी भएको थियो। कार्यालय सञ्चालन नियमित गर्नका लागि आइतवार गाउँपालिकास्तरीय राजनीतिक दलका नेता तथा कार्यकर्ता र लुम्लेका स्थानीय तथा संघर्ष समितिको बैठक बसेको थियो। बैठकको मौखिक निर्णय पछि संघर्ष समितिका संयोजक एकदेव देवकोटाले चावी अध्यक्षलाई बुझाएका हुन्।
Related News
सम्बन्धित समाचार
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
पोखरा महानगरको प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९नौमती बाजाः जीतको पर्याय
जेठ ९, २०७९