पोखरा, ३० पुस। पश्चिम क्षेत्र एचआइभी एड्स सञ्जालले एचआइभी तथा लागु औषध नियन्त्रणका लागि सञ्चालित कार्यक्रमको दिगो व्यवस्थापनका लागि पहल थालेको छ।
पहल स्वरूप सञ्जालले पोखरामा आइतबार एचाइभी र लागु औषध नियन्त्रणका लागि कार्यरत संघसंस्था र सरोकारवालाबीच छलफल गरेको छ। छलफलमा सरकारी तथा गैरसरकारी संस्थाका २५ जना सहभागी थिए।
छलफलले स्थानीय सरकारसँग समन्वय गरी दिगो व्यवस्थापनका लागि एक समिति गठन गर्ने निर्णय गरेको सञ्जालका अध्यक्ष विश्वमोहन गौचनले जानकारी दिए। पोखरामा एचआइभी नियन्त्रणका लागि डेढ दर्जन बढी संघसंस्थाले काम गरिरहेका छन्।
पोखरामा कति एचआइभी संक्रमित छन् भन्ने एकिन नभए पनि झण्डै एक हजार पाँच सय संक्रमित रहेको अनुमान गरिएको छ। पोखरामा हाल ६ सयभन्दा बढी संक्रमितले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट नियमित निःशुल्क रूपमा एन्टी रेट्रो भाइरल -जीवन लम्ब्याउने औषधि) सेवन गरिरहेका छन्। त्यस्तै, कास्कीमा हाल तीन हजार दुर्इ सय जनाले र्सुइबाट लागुऔषध सेवन गरिरहेको र सात हजारभन्दा बढी लागुऔषध प्रयोगकर्ता रहेको कम्युनिटी सपोर्ट ग्रुपका टिम लिडर नवीन तुलाचनले जानकारी दिए।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले एचआइभी र लागु औषध नियन्त्रणका लागि सबै मिलेर लाग्नुपर्नेमा जोड दिए। उनले लागु औषध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयले महाअभियान नै सञ्चालन गरिरहेको बताए।
पोखरा लेखनाथ महानगरपालिकाका स्वास्थ्य विभाग संयोजक हेमन्त शर्मा पौडेलले महानगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका डा. राजन शर्माले लागुऔषधको बारेमा एउटै धारणा बनाउन जरुरी भएको औल्याए।
त्यसअवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका एकनारायण लम्साल, प्रहरी निरीक्षक रवीन्द्र गुरुङ, बाल तथा महिला शशक्तिकरण समाज नेपालका अध्यक्ष रजनी कोइराला, आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देल, एचआइभी एड्स संक्रमितहरूको राष्ट्रिय सञ्जाल कास्कीका संयोजक कुसुम बानु आलम, रिकभरिङ नेपाल कास्कीका अध्यक्ष शिव न्यौपाने, लागु औषध नियन्त्रण तथा समाज सुधार आमा समूहका अध्यक्ष विष्णु गुरुङले बोलेका थिए। पश्चिम क्षेत्र एचआइभी एड्स सञ्जालका अध्यक्ष विश्वमोहन गौचनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव दीलिप गुरुङले गरेका थिए।
सो कार्यक्रममा कम्युनिटी सपोर्ट ग्रुपद्वारा सञ्चालित र्सुइ तथा सिरिन्ज साटासाट कार्यक्रमका अधिकृत स्मिता पौडेल र सुस्मिता पौडेलले तीन महिनाको प्रगति प्रतिवेदन पेश गरेका थिए।
Related News
सम्बन्धित समाचार
आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
निर्वाचनका लागि ४० दल दर्ता
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
३३ कार्यालय प्रमुखमाथि कारबाही
hero news full width
मुख्य समाचार
कोरोनापछि गाईजात्रा रौनक
मुखियाका गाउँमा न्यायिक समिति : पहिलो मुद्दामै मिलापत्र
श्रावण २७, २०७९रत्न मन्दिर र हिमागृह खोल्न माग
श्रावण २७, २०७९विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
श्रावण २६, २०७९टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९स्याङ्जामा कर्मचारीको धर्ना
श्रावण २६, २०७९