पोखरा, २९ पुस। पूर्व प्रधानमन्त्री तथा गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य डा. बाबुराम भट्टराईले आर्थिक समृद्धिको नेतृत्व गोरखाले लिने बताएका छन्।
गोरखा मिलन समाज पोखराले आयोजना गरेको सांसदको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भौगोलिक एकीकरण र जनतालाई अधिकार सम्पन्न गर्ने अगुवाई गोरखाले गरेको भन्दै आगामी कार्यदिशा पनि गोरखाकै नेतृत्वमा सम्भव हुने बताए। ‘पृथ्वीनारायण शाहले नेतृत्व गरेर नेपालको भौगोलिक एकीकरण सफल भयो। जनतालाई अधिकार सम्पन्न बनाउने आन्दोलनका नेता पनि गोरखाली नै थिए लखन थापा, उनले भने-अव देश आर्थिक समृद्धितर्फ अगाडि बढेको छ। यसको नेतृत्व पनि गोरखाले नै लिनेछ, लिनुपर्छ।’
डा. भट्टराईले राजनीतिक दलका मूल्य मान्यता भन्दा माथी रहेर गोरखा मिलन समाजले गरेका सामाजिक, आर्थिक विकास र सेवामुलक काम प्रशंसनीय भएको बताए। ‘भूकम्पपीडितलाई राहत उपलब्ध गराउने काममा होस् वा विद्यार्थीलाई छात्रावृत्ति प्रदान गरेर शिक्षामा सघाउने काम होस् समाजको भूमिका निकै प्रशंसनीय छ, उनी भन्छन्-अब समाजले आर्थिक समृद्धिका लागि जिल्लामा लगानी बढाउन सक्नुपर्छ। समाजसेवा सँगै आर्थिक लगानीलाई पनि जोड्नुपर्छ। यो मेरो अपेक्षा हो।’
गोरखा क्षेत्र नम्बर १ का सांसद हरिराज अधिकारीले देशको राजनीतिक संक्रमण अन्त्य भएको उल्लेख गर्दै अब विकास र समृद्धिको पक्षमा राजनीति केन्द्रित हुनुपर्ने बताए। क्षेत्र नम्बर १ (क) का सांसद लेखबहादुर थापा, २ (क) का हरिशरण अधिकारी, २ -ख) का प्रकाशचन्द्र दवाडी, कास्की क्षेत्र नम्बर १ (क) का सांसद दीपक कोइरालालगायतले गोरखा मिलन समाजको काम सबैले सिको गर्न लायक रहेको भन्दै अझ उचाइमा पुग्नुपर्ने धारणा राखे।
समाजले गोरखाबाट र गोरखा जन्मिएर अन्य जिल्लाबाट निर्वाचित प्रदेश र प्रतिनिधिसभाका सांसदलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ। गोरखा मिलन समाज पोखराका अध्यक्ष कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव रमेशकुमार श्रेष्ठले गरेका थिए। उपाध्यक्ष तथा कार्यक्रम संयोजक तिलक तिवारीले स्वागत गरेका थिए। यसैबीच, कार्यक्रमकै अवसरमा संस्थाले महिला म्यूजिकल चियर प्रतियोगिता पनि गरेको थियो।
Related News
सम्बन्धित समाचार
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
रेशम चौधरीसहित ५०१ लाई आम माफी
प्रजातन्त्रको सुदृढीकरणमा सबै लाग्नुपर्छ : सभापति देउवा
भ्रष्टाचारविरुद्ध जनयुद्धको जस्तै मानसिकतामा छु, हेर्नुहोला अझै ठूल्ठूला एक्सन हुन्छन् : प्रधानमन्त्री दाहाल
संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
hero news full width
मुख्य समाचार
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
जेठ १४, २०८०प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
जेठ १३, २०८०