पोखरा, २९ पुस। भूतपर्व खेलाडी मञ्च नेपालले १२ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०७४ को तयारी शुरू गरेको छ।
मञ्चले पोखरामा शनिवार पत्रकार सम्मेलन गरी फागुन ७ गते म्याराथन गर्न लागेको जनाएको छ। पोखरा म्याराथनलाई सुजल डेरी उद्योगको उत्पादन सफल दूधले दुर्इ वर्षदेखि मूख्य प्रायोजन गर्दै आइरहेको छ। पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष तेज गुरुङले प्रतियोगिताले पोखरालाई खेलकुदको विश्व मानचित्रमा स्थापित गर्न तथा खेलकुद पर्यटन शहरको रूपमा विकास गर्न टेवा पुर्याउने उल्लेख गरे।
उनले पोखरालाई स्पोर्ट्स टुरिज्मका रूपमा प्रवर्द्धन गर्न र वर्षको एक दिन शहरको उत्सवको रूपमा मनाउन पनि प्रतियोगिताले भूमिका खेल्ने विश्वास गरे।
पोखरामा धेरै भन्दा धेरै विदेशी खेलाडी भित्र्याउन यसवर्ष देखि मञ्चले नेपाल एड्भेन्चरस् स्पोर्ट्स प्रालिसँग सम्झौता गरेको छ। पत्रकार सम्मेलनमा मञ्च अध्यक्ष गुरुङ र प्रालिकातर्फबाट निर्देशक शिखर पाण्डेले हस्ताक्षर गरेका छन्। सम्झौतासँगै कम्पनीले पोखरा म्याराथनलाई अन्तर्राष्ट्रियस्तरमा बजार प्रवर्द्धनको जिम्मेवारी पाएको छ। सोही क्रममा स्थानीय बजार पवर्द्धन गर्न मञ्चले पोखराको ट्रेनर नेपालसँग सम्झौता गरेको छ। सम्झौतामा मञ्चका अध्यक्ष गुरुङ र कम्पनीकातर्फबाट पुजन कोइरालाले हस्ताक्षर गरे।
पोखरा म्याराथनमा यसवर्ष पुरस्कार राशीमासमेत वृद्वि गरिएको र केही क्याटोगरी पनि थपिएको छ। यसवर्ष प्रथम हुनेले नगद ७० हजार, दोस्रोले ४५ हजार, तेस्रोले ३० हजार, चौथोले सान्त्वना स्वरूप नगद पाँच हजार रूपैया प्राप्त गर्ने छन्।
१० कि.मी. पुरुष-महिला दौडमा प्रथमले १५, दोस्रोले १० हजार र तेस्रो हुनेले ५ हजार नगद पाउने छन। यसैगरी, पाँच किलोमिटर छात्र-छात्रामा प्रथमले १० हजार, दोस्रोले सात र तेस्रोले चार हजार पाउने छन्। प्रतियोगितामा चार सय मिटर Þविल चेयर पुरुष-महिला र एक सय मिटर दृष्टिविहिन दौड पनि समावेश गरिएको छ। ती क्याटोगोरीमा विजेता प्रथम, दोस्रो र तेस्रोले क्रमशः नगद पाँच, तीन र दुर्इ हजार पाउने छन्।
यस बाहेक मनोरञ्जन दौडका रूपमा करिव तीन हजार जनालाई ‘रन फर फन’को रूपमा दौडाउने योजनामा रहेको अध्यक्ष गुरुङले बताए। प्रतियोगिता सम्पन्न गर्न करिब १७ लाख ५० हजार लाग्ने मञ्चका सदस्य एवम्म प्रचारप्रसार संयोजक केशव पाठकले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक
एन्फा निर्वाचनमा कास्की र गोरखा आउट
खेलकुद पत्रकार मञ्चमा देवेन्द्र दोहोरिए
नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्यो प्रदेश सरकार
hero news full width
मुख्य समाचार
पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
जेठ ५, २०७९गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
जेठ ५, २०७९पोखरा महानगरमा मतान्तर बढाउँदै धनराज
जेठ ५, २०७९एमालेलाई जीत जोगाउनै सकस
जेठ ५, २०७९जहाँ पुरानो जीत दोहोरिएन…
जेठ ३, २०७९