रेडक्रस पोखरा २, ३ उपशाखामा पुनः पराजुली

आदर्श समाज सम्वाददाता
पौष ३०, २०७४
20180113_141919

पोखरा, २९ पुस।नेपाल रेडक्रस सोसाईटी पोखरा लेखनाथ २, ३ उपशाखाको नेतृत्वमा पुनः खगेन्द्रराज पराजुली चयन भएका छन्।

उपशाखाको शनिवार भएको ११ औं अधिवेशनले चार वर्षे कार्यकाल पूरा गरेका पराजुलीलाई पुनः आगामी नेतृत्व प्रदान गरेको हो।

अधिवेशनले सदस्यहरूमा वडा नं. ३ बाट कृष्णप्रसाद अधिकारी, शान्तिदेवी पराजुली, विष्णुशंकर ख्वाउँजु तथा वडा नं. २ बाट सोमकला पराजुली, धर्मराज सुवेदी, सावित्री बराल पराजुली, गजाधर पौडेल, बिन्दु पराजुलीलाई चयन गरेको छ। यी मध्येबाट पदाधिकारी चयन हुने सभापति पराजुलीले बताए। महिला उपसमितिको नेतृत्वमा गीता कुँवरलाई चयन गरिएको छ ।

यसअघि, अधिवेशनको उद्घाटन गर्दै रेडक्रस कास्कीका सभापति बामदेव ढुंगानाले रेडक्रस अभियान कसैको व्यक्तिगत र आफ्नो लागि गरिने अभियान नभएको भन्दै सबैको साझा अभियान रहेको जनाए। सबैको सहभागिता र सहकार्यले नै अभियान अघि बढ्ने उल्लेख गर्दै उनले विपत्मा परेको देख्दा सेवा र सहयोगभाव जाग्छ भने त्यहाँ रेडक्रसको भावना प्रतिविम्वित हुने बताए।

कार्यक्रममा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, पोखरा वडा नं. २ अध्यक्ष रामेश्वर मल्ल, निवर्तमान सभापति शुशिला पराजुली, रेडक्रस कास्की उपकोषाध्यक्ष एवं उपशाखाका समन्वयकर्ता सुरेन्द्र गुरु, रेडक्रस महिला सदस्य गीता कुँवर, उपशाखा २५ सभापति कृष्णप्रसाद पौडेल, उपशाखा १० सभापति सम्मरबहादुर श्रेष्ठ, सम्मानित व्यक्तित्व सुरेन्द्रमान बिजुक्छे लगायतले बोलेका थिए।

सो अवसरमा २०४६ सालमा उपशाखा स्थापना गर्दाको समयका सभापति शम्भुलाल र्घर्तीसहित सहयोग समितिका केशवराज पराजुली, सुरेन्द्र बिजुक्छे, गजेन्द्र भारी, सनकमान बाटाजु, गौतम विजुक्छे, रामेश्वर मल्ल, रामचन्द्र चौधरीका साथै फेवा टेलिभिजनका स्टेशन म्यानेजर हेमराज अधिकारीलाई सम्मान गरिएको थियो। उपशाखा अध्यक्ष खगेन्द्रराज पराजुलीको अध्यक्षतामा भएको अधिवेशनमा सचिव सावित्री बराल पराजुलीले सचिवको प्रतिवेदन तथा कोषाध्यक्ष शर्मिला रेग्मीको अनुपस्थितिमा उनकातर्फबाट अध्यक्ष पराजुलीले पेश गरेको कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो। कार्यक्रममा उपाध्यक्ष गौतम विजुक्छेले स्वागत, सचिव सावित्री बरालले संचालन तथा सदस्य शान्तिदेवी पराजुलीले सात सिद्धान्त वाचन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • स्पोर्टस् अवार्डलाई लगातार सहयोग

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । पोखरा स्पोर्टस् अवार्डको सातौं संस्करणलाई पनि पोखरा रामबजारको पुन परिवारले साथ दिएको छ । सेनानी हेमबहादुर पुनको स्मृतिमा…
  • डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । प्रविधि मैत्री शिक्षक समाज नेपाल गण्डकी प्रदेशले डिजीटल पेडागोजीसम्बन्धी कार्यशाला गरेको छ । शिक्षकका लागि प्रविधिमा पहुँचब पु¥याउन,…
  • दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । दीपशिखा पुस्तकालय र ट्याग परियोजनाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । रिड नेपालअन्तर्गत टेक एज गल्र्स (ट्याग) ट्याग नेपाल…
  • संस्कार समाज नेपालद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । संस्कार समाज नेपालको पाँचौ वार्षिकोत्सव अवसरमा ३ जना व्यक्तिलाई सम्मानित एवं पुरस्कृत गरियो । पोखरामा आयोजित कार्यक्रममा समाजसेवी…
  • प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । वडा प्रहरी कार्यालय बैदामका प्रहरी कर्मचारीलाई प्रभावशाली सञ्चार एवं सेवाग्राहीसँग गर्नुपर्ने व्यवहारसम्बन्धी अभिमुखीकरण भएको छ । वडा प्रहरी…

hero news full width