पोखरा, २९ पुस। विभिन्न सञ्चार माध्यममा क्रियाशील तमु पत्रकारको संगठन तमु सञ्चारकर्मी संघ नेपाल कास्की शाखाको तेस्रो वाषिर्क साधारणसभा तथा दोस्रो अधिवेशनले पुनः शान्ति गुरुङलाई अध्यक्षमा चयन गरेको छ।
संघको उपाध्यक्षमा युग गुरुङ, सचिवमा सुरोज गुरुङ, सहसचिवमा कन्चन गुरुङ, कोषाध्यक्षमा शीला गुरुङ, सदस्यमा पदम गुरुङ, सुमन गुरुङु, जीत गुरुङ, खिमा गुरुङ, बेल गुरुङ र अस्मिता गुरुङ चयन भएका छन्। संघको संरक्षकमा मीना गुरुङ, कानूनी सल्लाहकारमा जूनाकुमारी गुरुङ चयन भएका छन भने सल्लाहकारमा राजबहादुर गुरुङ, हुम गुरुङ, भुपाल गुरुङ, देवीजंग गुरुङ र खड्ग गुरुङ चयन भएका छन्।
नवनिर्वाचित कार्यसमितिलाई तमु सञ्चारकर्मी संघ नेपाल कास्की शाखाको कानूनी सल्लाहकार जूनाकुमारी गुरुङले पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी थिइन्। नवनिर्वाचित अध्यक्ष शान्ति गुरुङले पत्रकारिताको विकास र एकताका लागि क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा तमु साहित्यिक मञ्चका अध्यक्ष गौरी गुरुङ, टप्स बोर्र्डिङ स्कुलका प्रिन्सिपल रत्नमान गुरुङ, मदरल्याण्ड माविका प्लस टुका इन्चार्ज एल.बि गुरुङ, तमु सञ्चारकर्मी संघ नेपालका केन्द्रीय सचिव रोसनी गुरुङ, जिफान नेपालका केन्द्रीय अध्यक्ष गिरिप्रसाद गुरुङ, कानूनी सल्लाहकार जूनाकुमारी गुरुङलगायतले शुभकामना दिएका थिए। साधारणसभामा सचिवको वाषिर्क प्रगति प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो।
तमु सञ्चारकर्मी संघ नेपाल कास्की शाखाका अध्यक्ष शान्ति गुरुङको अध्यक्षतामा भएको कार्यक्रको सचिव देवीजंग गुरुङले सञ्चालन गरेका थिए भने उपाध्यक्ष भुपाल गुरुङले स्वागत गरेका थिए।
यसैबीच, तमु सञ्चारकर्मी संघ नेपाल कास्की शाखाले प्रदान गर्ने तमु पत्रकारिता पुरस्कार यो वर्ष लामो समय पत्रकारितामा क्रियाशील पत्रकार हुम गुरुङलाई प्रदान गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि तथा पुरस्कारदाता मीना गुरुङले शनिवार नगद राशी १० हजार र सम्मानपत्र प्रदान गरेकी हुन्।
Related News
सम्बन्धित समाचार
ढिकुरपोखरीमा तीजमेला हुने
फोनिज गण्डकीलाई फुटसल उपाधि
जातीय भेदभावविरुद्ध प्रशिक्षण
‘अनुशासित र सभ्य समाज निर्माणमा महानगरको साथ’
रेडक्रसमार्फत विपद् जोखिम न्यूनीकरण प्रविधि हस्तान्तरण
hero news full width
मुख्य समाचार
विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९स्याङ्जामा कर्मचारीको धर्ना
श्रावण २६, २०७९संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
श्रावण २५, २०७९संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
श्रावण २५, २०७९पोखरामा मनाइयो विश्व आदिवासी दिवस
श्रावण २५, २०७९