पोखरा २९ पुस। मानव मिलन संस्था पोखराको शनिवार सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ।
समितिको अध्यक्षमा रेशमराज सुवेदी, वरिष्ठ उपाध्यक्षमा गुप्तप्रसाद शर्मा, द्धितीय उपाध्यक्षमा कमला शर्मा, महासचिवमा बाबुराम ढकाल, सचिवमा टंकप्रसाद पौडेल, कोषाध्यक्षमा मनिष शाह र सह-सचिवमा विष्णुहरि तिमिल्सिना चयन भए।
यसै गरी सदस्यहरुमा लालुप्रसाद उपाध्याय, नम्रता बराल, विष्णुकुमारी पौडेल र विष्णुप्रसाद तिमिल्सिना रहेका छन्।
बद्रीप्रसाद वाग्ले संयोजक तथा कुलप्रसाद सुवेदी र नेत्रनारायण सुवेदी सदस्य रहेको तीन सदस्यीय निर्वाचन समितिले उक्त निर्वाचन सम्पन्न गरेको थियो।
नव निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै मानव मिलन संस्थाका संस्थापक नेपाल केशरी डा.मणिभद्र मुनि महाराजले सबैले आचार संहिता पालना गर्नुपर्नेमा जोड दिए। साथै उनले व्यक्तिको क्रियाशीलताबाट नै संस्थाले गति प्राप्त गर्ने बताए।
साधारणसभाको उद्घाटन गर्दै स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले मानव मानव बीचको मिलन बिना शान्ति र विकास सम्भव नभएकाले मानव मिलन सार्थक अभियान भएको बताए।
कार्यक्रममा संस्थाका सल्लाहकारद्धय कोमल प्रजु, सावित्री शर्मा, मानव मिलन नारी जागरण नेपालका सदस्य कामना लम्सालले शुभकामना व्यक्त गरेका थिए।
मानव मिलन संस्था पोखराका अध्यक्ष रेशमराज सुवेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गुप्तप्रसाद शर्माले संस्थाको गतिविधि बारे प्रकाश पारेका थिए।कार्यक्रमको सञ्चालन सचिव टंकप्रसाद पौडेलले गरेका थिए।
Related News
सम्बन्धित समाचार
ट्होटेंमा राष्ट्रपतिको आगमनले तमुहरु उत्साहित
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
मासबार आमा समूहमा शारदा
नेतृत्व विकास तालिम
दीपशिखा पुस्तकालयमा अन्तक्र्रिया
hero news full width
मुख्य समाचार
राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९गण्डकीको होमस्टे : पाहुना जाँदैनन्, पैसामात्रै खर्च
श्रावण ३०, २०७९ट्होटेका दिन साउन ३१ गते पाेखरामा स्थानीय बिदा
श्रावण २९, २०७९आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
श्रावण २९, २०७९कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९