पोखरा, २९ पुस। संस्थागत तथा निजी विद्यालय संगठन (युनिप्स) नेपालको पोखरामा सम्पन्न तेस्रो महाधिवेशनले आगामी तीन वर्षका लागि सन्तबहादुर गुरुङको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
समितिको प्रथम उपाध्यक्षमा विश्वराज खनाल, द्वितीय उपाध्यक्षमा विनोद नेपाली, महासचिवमा सन्तोष तिवारी, सचिवमा खगेन्द्रराज अधिकारी, कोषाध्यक्षमा निराजन थापा छन्। समितिका सदस्यमा कुमार रेग्मी, मुक्तिप्रसाद पौडेल र महेन्द्र पौडेल छन्। ११ सदस्यीय रहने कार्यसमितिमा दुर्इ सदस्य पछि मनोनित गरिने छ।
यसअघि, अधिवेशनको उद्घाटन गर्दै जिल्ला शिक्षा कार्यालय कास्कीका विद्यालय निरीक्षक विश्वराज आचार्यले युनिप्सले छोटो समयमा नै आफ्नो पहिचान बनाउन सकेकोभन्दै प्रशंसा गरे।
कार्यक्रममा सल्लाहकार ललितबहादुर कुँवर, प्रथम उपाध्यक्ष यमप्रसाद पौडेल, परीक्षा संयोजक आनन्दराज अधिकारी, अतिरिक्त क्रियाकलाप संयोजक विनोद नेपाली लगायतले बोलेका थिए।
त्यसअवसरमा संस्थाको उन्नयनमा महत्त्वपूर्ण कार्य गरेकोभन्दै ६ जनालाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा विनोद नेपाली, आनन्दराज अधिकारी, शिवहरि सुवेदी, अनन्त कँडेल, कृष्ण थापा र निरकुमार थापा छन्।
युनिप्स नेपालका अध्यक्ष ध्रुव गिरीको अध्यक्षतामा भएको कार्यक्रम महासचिव विश्वराज खनालले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
सहारा एकेडेमीलाई सहयोग
रेन्बो एकेडेमिक होम्सको रजत जयन्ती
पोखरा महोत्सव समापन, १० करोड करोबार, साढे २ लाख दर्शक
उपन्यायाधिवक्ता गिरी सेवा निवृत्त
कांग्रेस पोखरा महानगरका संस्थापक सभापति रेग्मीको स्मृति ग्रन्थ लोकार्पण
hero news full width
मुख्य समाचार
गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा
के छ रवी लामिछानेको मुद्दामा सर्वोच्चको पूर्ण पाठ
माघ १३, २०७९रवि लामिछानेको सांसद पद खारेज
माघ १३, २०७९अब होटल, रेस्टुरेन्टले १० प्रतिशत सेवा शुल्क लिन नपाउने
माघ १३, २०७९आजको माैसम : तराईमा हुस्सु लाग्ने, गण्डकीमा आंशिक बदली
माघ १३, २०७९टाइगर कप भलिबल : महिलातर्फ एपिएफ र आर्मी उपाधि नजिक, पुरुषको सेमि समीकरण पूरा
माघ १२, २०७९