पोखरा, २६ पुस। लायक्स क्लब अफ पोखरा भैरव र नेपाल युवा रेडक्रस सर्कल उपशाखा १०, ११ को संयुक्त आयोजनामा भएको आँखा शिविरमा रुपा गाउँपालिका वडा ७ का करिब ३ सय जनाको आँखा परीक्षण गरिएको छ । शिविरमा बिरामीलाई औषधि वितरण समेत गरियो ।
शिविरमा ४ जना मोतियाविन्दु भएका बिरामीलाई हिमालय आँखा अस्पताल पोखरामा ल्याई मोतियाविन्दुको सफल अप्रेशन समेत गरिएको जनाइएको छ ।
लायन्स क्लब अफ पोखरा भैरवको वाषिर्क कार्यक्रम र नेपाल रेडक्रस सोसाइटी उपशाखा १०, ११ को रजत जयन्तीको अवसरमा रेडक्रस उपशाखा १०, ११ को व्यवस्थापन र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा उक्त शिविर भएको हो ।
रुपा गाउँपालिकाका वडा ७ का वडाअध्यक्ष समाजसेवी दयासागर सुवेदीले ८३ वषीया गोमा न्यौपानेलाई प्रिस्कृप्सन कार्ड हस्तान्तरण गरी शिविर उद्घाटन गरेका थिए । उनले गाउँसम्म आएर आँखासम्बन्धी निःशुल्क शिविर राखी गाउँलेको स्वास्थ्यमा उपचार गराएर सहयोग गरेकोमा आयोजकलाई धन्यवाद दिए। आँखा शिविर ६३ जनालाई चश्मा र औषधि वितरण गरिएको थियो । कार्यक्रममा उपशाखाका सभापति सम्मरबहादुर श्रेष्ठ, हिमालय आँखा अस्पतालका प्राविधि अनिल चौधरी, इन्द्रायणी आधारभूत विद्यालयका प्रअ राजेन्द्रराज भट्टराई, आयुर्वेदिक अस्पताल हंसपुरका प्रमुख बेचन शाह, हंसपुर नेवा खलका अध्यक्ष भैरवलाल श्रेष्ठ लगायतले आ-आफ्नो भनाइ राखेका थिए।
हिमालय आँखा अस्पतालका प्राविधिक दीपिका गुरुङ, मनिष थापा र मनिता पौडेलले आँखा परीक्षण गरेका थिए। युवा रेडक्रस सर्कल उपशाखा १०, ११ का संयोजक किरणप्रसाद भट्टचनको अध्यक्षतामा कार्यक्रम भएको हो । लायन्स क्लब पोखरा भैरवका पूर्व अध्यक्ष सञ्जयकुमार श्रेष्ठले स्वागत गरेको कार्यक्रममा क्लब अध्यक्ष विनोद द्वाले धन्यवाद र सचिव विक्रम उदासले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
महानगरमा बिदा नहुने
hero news full width
मुख्य समाचार
पोखराको स्थगित मतगणना अझै सुरु भएन
कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९