पोखरामा राष्ट्रिय भारोत्तोलन शुरु

आदर्श समाज सम्वाददाता
पौष २७, २०७४
lifting

पोखरा, २६ पुस । राखेप च्याम्पियनसीप-२०७४ अन्तर्गत पोखरामा एकपछि अर्को खेलकुद प्रतियोगिता भएको छ । यसै महिना महिला पुरुष भलिबल र हृयाण्डबल सकिएकोमा बुधबारदेखि च्याम्पियनसीपअन्तर्गत २३ औं पुरुष तथा आठौं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता शुरु भएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तथा २८ जिल्लाका गरी १ सय ८२ पुरुष तथा महिलाको प्रतियोगितामा सहभागिता रहेको छ । प्रतियोगितामा पुरुष र महिलातर्फ नौ/नौ तौल समूहमा प्रतिस्पर्धा हुनेछ। तौल तीनपटक उठाउन खेलाडीलाई मौका पाउने र प्रत्येकपटक तौल उठाउन खेलाडीलाई एक मिनेटको समय दिइनेछ।

प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई सन् २०१९ मा नेपालमा हुने दक्षिण एशियाली क्षेत्रीय खेलकुद प्रतियोगितामा सहभागी गराउन जिल्ला भारोत्तोलन संघका उपाध्यक्ष उमेश सिकेले बताए ।

३ दिनसम्म चल्ने प्रतियोगितामा उद्घाटनका दिन नेपाल प्रहरीकी संगीता राईले ४८ केजी तौल समूहअन्तर्गत क्लीन एण्ड जर्कमा ६६ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भइन् । उनले नीता थापाको यसअघिको कीर्तिमानलाई भंग गर्न सफल भएकी हुन् । खेलमा सेनाकी मनिष रानाभाट र झापाकी करिना चौधरीले क्रमशः रजत र कास्य पदक पाए ।

उता, ५३ केजी तौलमा सञ्जु चौधरीले आफ्नै नामको कीर्तिमान सुधार्दै ६३ केजी भार बहन गरी स्वर्णपाइन्। उनले स्नाचमा २०१७ मा कोरियामा सम्पन्न एशियन क्लब तथा एशिया कपमा ६१ केजी तौल बहन गरेकी थिइन् । उक्त इभेन्टमा नेपाल प्रहरीकी देवीकुमारी चौधरी दोस्रो र सप्तरीकी काजल यादवले तेस्रो भए ।

५८ केजी तौलमा सेनाकी कमला श्रेष्ठले स्नाचमा ६५ केजी भार बहन गरिन्। उनले क्लिन एण्ड ८६ केजीका साथ नयाँ राष्ट्रिय कीर्तिमान राखिन्। यसअघि एशियन युथ तथा जुनियर च्याम्पियनसीपमा ८५ केजीको कीर्तिमान राखेकी थिइन् ।

उता,  पुरुषतर्फको ५२ केजी तौलमा प्रहरीका गणेश रानाभाटले स्वर्णप्राप्त गरे। उनले स्नाचमा ६७ केजी र क्लिन एण्ड जर्कमा ८२ गरि कुल १ सय ४९ केजी भार बहन गर्दै स्वर्णपाए ।

सप्तरीका लालबाबु पासवानले स्नाचमा ६५ र क्लिन एण्ड जर्कमा ८१ ग्रि कुल १ सय ४६ केजीका साथ रजत र सिराहाका बच्चुलाल चौधरीले स्नाचमा ६० र क्लिनमा ६६ केजीका साथ कुल १ सय २६ केजीका साथ कास्य पाए ।

५६ केजीमा सेनाका तुलाराम महतोले स्नाचमा ८३ केजी र कुलमा १ सय ७९ केजीका साथ स्वर्णपाए । उनी क्लिनमा ९६ केजी भार बहन गर्दै रजतमा सीमित भए । तेश्रो सप्तरीकै रामकुमार यादव भए ।

पोखराको उद्योग वाणिज्य संघको हलमा भएको प्रतियोगिता उद्घाटन क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष खगराज पौडेलले गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

  • बाघचालमा नवीन प्रथम

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    लमजुङ । सुन्दरबजार–१० स्थित कानेस्वाँरामा आयोजित बाघचाल प्रतियोगितामा नवीन बास्तोला प्रथम भएका छन् । दुरा सेवा समाज धुसेनी इकाइको आयोजनामा…
  • रेबान भेट्रान्स कपमा नवीनलाई उपाधि, डबल्सतर्फ अनुज र नवीन विजयी

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । नवीन श्रेष्ठले तेस्रो संस्करणको रेबान पोखरा कप भेट्रान्स टेनिस प्रतियोगिता उपाधि जितेका छन् । आइतबार भएको फाइनल खेलमा…
  • रेबान कप टेनिस फाइनल आज

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । तेस्रो रेबान कप टेनिसको मेन्स सिंगल्स उपाधिका राजन पौडेल र नवीन श्रेष्ठ प्रतिस्पर्धा गर्ने भएका छन् । कास्की…
  • रेवान कप टेनिस सुरु

    आदर्श समाज सम्वाददाता चैत्र २, २०७९
    पोखरा । पोखरामा बुधबारदेखि तेस्रो रेवान कप टेनिस प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेस्टुरेन्ट…
  • नेपालद्वारा एकदिवसीय मान्यता सुरक्षित

    आदर्श समाज सम्वाददाता फागुन २९, २०७९
    काठमाडौं । आइसिसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत जारी शृंखलामा युनाइटेड अरब इमिरेट्स (युएई)लाई हराउँदै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता…

hero news full width