पोखरा, २६ पुस । संसारकै होचो स्थानमा रहेको दावी गरिएको कास्कीको कफुचे हिमताललाई देश विदेशमा चिनाउँदै नयाँ पदयात्रा मार्ग सञ्चालनको तयारी अगाडि बढाइएको छ।
पछिल्ला वर्ष चर्चामा आउन थालेको कास्कीको मादी गाउँपालिका-१ मा समुद्र सतहबाट मात्र २ हजार ४ सय ५० मिटरको उचाइमा यो ताल रहेको छ। टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले उक्त तालको प्रवर्द्धका लागि नयाँ पदमार्ग खोल्न हालै एक खोज तथा अनुसन्धान अभियान समेत सञ्चालन गरेको थियो।
अन्नपूर्ण दोश्रो र लम्जुङ हिमाल विचबाट आउने हिमपहिरोबाट बनेको यो हिमतालले पर्यटनको अथाह संभावना बोकेका कारण खोज तथा अनुसन्धान अघि बढाइएको टान पश्चिमाञ्चल संघका अध्यक्ष दीपकराज अधिकारीले बताए। पोखरा लेखनाथ महानगरपालिकाको दीपबाट पदयात्रा शुरु गरी कास्कीकै अर्मला, आँटीघर मौजा, थाक, तारा हिल, सिक्लेस, हुगु हुँदै कफुचे पुग्ने यो मार्ग कम्तिमा एक हप्ता लामो हुने छ। पदयात्रा मार्गमा पर्ने गाउँ, पानीका श्रोत, भञ्ज्याङ लगायतलाई समेटेर नक्सा बनाउन लागि जीपीएस सहितको एक टोली समेत खटिएको थियो। केही महिना भित्र सो मार्गको नक्सा र ब्रोसर निर्माण गरी सो मार्ग सञ्चालनको क्रम अगाडि बढाइने खोज टोलीका सहमागी एवं टान क्षेत्रीय संघ पोखराका पूर्व सचिव विनय आचार्यले जानकारी दिए। पदयात्रा मार्गको अधिकांश भाग अन्नपूर्ण संरक्षण क्षेत्र भित्र पर्छ। गुरुङ संस्कृतिको अवलोकन, हरियाली जंगल, लामो हिमाली श्रृंखलाको दृष्य, कोटहरु, चरा अवलोकन, विभिन्न जंगली जनावरको अवलोकन गर्दै होचो स्थानमा हिमताल र त्यहाँ आउने हिमपहिरो हेर्न पाउनु यो मार्गको विशेषता भएको टान रजत महोत्सव एक्सप्लोर कमिटीका संयोजक नारायण सापकोटाले बताए। टान वेष्र्टन रिजनल एशोसिएसन पोखराले यो वर्ष मनाई रहेको रजत महोत्सवका अवसरमा एक्याप र मादी गाउँ पालिकाको सहयोग तथा नेपाल पर्यटन वोर्डको प्रवर्द्धनमा पदमार्ग खोज कार्य सम्पन्न भएको कार्यक्रम संयोजक विश्वराज अधिकारीले बताए। केम्पिङ र होमस्टेमा आधारित यो पदयात्रा मार्गलाई १० दिनमा विस्तार गरी कास्कीको मादी गाउँ पालिकामा रहेको हुगुबाट कोरी, थुर्जु, दूधपोखरी हुँदै नामुन पासबाट मनाङ जिल्ला निकाल्ने योजना रहेको व्यवसायीले बताएका छन्। कतिपय गाउँलेले भर्जिन आइस लेक नाम दिएको कफुचे हिमतालमा पछिल्ला वर्षहरुमा नेपाली तथा विदेशी पर्यटकहरु समेत पुग्ने गरेको कास्कीको सिक्लेस स्थित नमस्ते गेष्ट हाउसका संचालक धन गुरुङ (माइला) ले जानकारी दिए। थाकबाट तारा हिल खण्ड र सिक्लेसबाट कफुचे ताल खण्डको बाटो मर्मत संभारको जरुरी भएको सुझाव उनको छ।
टान वेष्र्टन रिजनल एशोसिएसनसँग सहकार्य गर्दै उक्त एक हप्ता लामो पदयात्रा मार्गलाई व्यवस्थित रुपमा सञ्चालन गर्न आफूहरुको सदा सहयोग रहने एक्याप इलाका कार्यालय पार्चेका प्रमुख उत्सव न्यौपानेले सुनाए।
Related News
सम्बन्धित समाचार
हिमालय आँखा अस्पताललाई जापानको सहयोग
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
समता स्कुल पर्वतमा अक्षयकोष
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
hero news full width
मुख्य समाचार
३४ वटा ऐन संशोधन गर्दै गण्डकी सरकार
कांग्रेस नेता घलेको निधन
माघ २४, २०७९चिकित्सक संघमा लोकतान्त्रिक समूहको वर्चश्व
माघ २४, २०७९राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
माघ २४, २०७९पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
माघ २४, २०७९