महिला अधिकार तथा कानुनी सचेतना

आदर्श समाज सम्वाददाता
पौष २५, २०७४

पोखरा, २४ पुस । पोखराको रामेश्वरमार्ग समूहको आयोजना महिला अधिकार तथा कानुनसम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम भएको छ ।

कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा १७ का वडा अध्यक्ष तीर्थराज अधिकारीले सचेतनामूलक तालिम टोलटोलमा राख्नुपर्नेमा जोड दिए । उनले महिला सशक्तिकरणका लागि यसप्रकारका सीपमूलक तालिम सञ्चालन गर्न वडा कार्यालयले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा टोल सुधार समिति अध्यक्ष लिला पंगेनी, रामेश्वर कृषि सहकारीका अध्यक्ष लक्ष्मण पोख्रेल, कार्यक्रम संयोजक विजया अर्याल लगायत बोलेका थिए।

तालिममा महिला अधिकार, महिला हिंसा र कानुनी व्यवस्था लगायतका विषयमा पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहेकी अधिवक्ता सुष्मा पौडेलले प्रशिक्षण दिएकी थिइन् ।

समूहका अध्यक्ष दुर्गा अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष सरस्वती पोख्रेल  र सञ्चालन सचिव विजया अर्यालले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • सिटी रेवान अध्यक्षमा दीपक तिमिल्सिना

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । पोखरा नगर रेष्टुरेन्ट तथा बार एसोसिएसन (सिटी रेवान) पोखराको अध्यक्षमा दीपक तिमिल्सिना सर्वसम्मत निर्वाचित भएका छन् । संस्थाको…
  • लायन्स डेस्टिनेसनमा सन्तोष

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । लायन्स क्लब अफ पोखरा डेस्टिनेसनको वर्ष २०२३/०२४ मा सन्तोष शर्मा अध्यक्ष चयन भएका छन् । लायन्स क्लब डिस्ट्रिक्ट…
  • वाद्यवादन सामग्री विरतण

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । पोखरा महानगरपालिका वडा १२ ले वडाका आमा समूहलाई वाद्यवादन सामग्री वितरण गरेको छ । बुधबार ९ आमा समूहलाई…
  • ६८ युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    लेखनाथ । गण्डकी मिजार समाज पोखरा–२६ सक्नेरीले बिहीबार आयोजना गरेको कार्यक्रममा ६८ युनिट रगत संकलन भएको छ । कार्यक्रमको शुभारम्भ…
  • अकुपेन्सी बढ्नेमा व्यवसायी आशावादी

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । १८ औं फेवा नव वर्ष महोत्सव सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक समितिले काम थालेको छ । यसका लागि…

hero news full width