पोखरा, २४ पुस। र्एइसीसी ग्लोबलले नेपालका ३ सहरमा अष्ट्रेलियन एड्मिसन डे जनवरी-२०१८ गर्दैछ ।
जनवरी १६ देखि १९ सम्म काठमाडौंको होटल याक एण्ड यती, चितवनको भरतपुर गार्डेन रिसोर्ट र कास्कीको होटल पोखरा ग्राण्डमा उक्त कार्यक्रम हुने जनाइएको छ ।
काठमाडौंमा आयोजना हुने अष्टे्रलियन डेमा ३० कोर्षका प्रदायक र पोखरा तथा चितवनमा ११ कोर्ष प्रदायकको सहभागिता रहने संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपालकै सबैभन्दा ठूलो अष्ट्रेलियन एजुकेशन फेयरका रुपमा लिइने यस मेलामा यस वर्ष काठमाडौंमा आयोजना हुने संस्करणमा १ हजार तथा चितवन र पोखरामा ३ सय ५० भन्दा बढी विद्यार्थीको सहभागिता रहने अनुमान छ। मेला उद्घाटन नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले गर्नेछन् ।
र्एइसीसीले लामो समयदेखि विद्यार्थीको भविष्यका लागि तिनका शैक्षिक तथा ब्यक्तिगत विशेषताका आधारमा विभिन्न देशका इम्मिग्रेसन पोलिसी, कोर्षका लागि सहीसल्लाह सुझाव, विश्वविद्यालय तथा तिनका लागि उपयुक्त देशबारे परामर्श प्रदान गर्दै आएको छ।
संस्थाले शैक्षिक सहभागिताका लागि मात्र नभएर तिनको समग्र लक्ष्य प्राप्ति तथा उज्ज्वल भविष्य ध्यानमा राखी उचित परामर्श प्रदान गर्ने कार्य गर्दै आएको जनाएको छ। कम्पनीले अष्ट्रेलियन एजुकेशन फेयर एण्ड इभेण्टको वर्षमा कम्तिमा २ पटक आयोजना गर्दै आएको छ।
गत वर्ष अष्ट्रेलियन एजुकेशन फेयरमा ९ सय बढी विद्यार्थीले सहभागिता जनाएका थिए। यसपटक विद्यार्थी तथा तिनका अभिभावकले प्रत्यक्ष अष्टेलियन कोर्ष प्रदायकलाई भेटी भर्ना, छात्रवृत्ति तथा भिसा डकुमेण्टेसनसँग सम्बन्धित आफ्नो जिज्ञासा मेट्ने तथा जानकारी लिने र्एइसीसी ग्लोबलका डेष्टिनेशन हेड सैलेश कुमार झाले बताए।
सन् २००८ मा मेलबर्नमा स्थापित र्एइसीसी ग्लोबल हाल ९ देशका २६ शहरमा सञ्चालित छ। प्रधान कार्यालय मेलबर्न अष्ट्रेलियामा रहेको र्एइसीसीले न्यू जील्याण्ड, क्यानेडा, यूएसए र यूकेका लागि समेत शैक्षिक परामर्श प्रदान गर्ने गर्छ। संस्थामा ४० भन्दा बढी क्यूइएस्सी प्रमाणित सल्लाहकार आबद्ध छन् ।’
Related News
सम्बन्धित समाचार
युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
ढल्केबरको तरबुजा बेंसीसहरमा
पेट्रोलकाे भाउ बढेर लिटरकै १ सय ८० पुग्याे, खाना पकाउने ग्यासको मूल्य २ सय बढ्यो
स्वर्णिम वाग्लेको अतृप्त अवसर लोकार्पण
नेपाल अडिटर्स एसोसियसन (अडान) गण्डकीमा पदमबन्धु पोखरेल
hero news full width
मुख्य समाचार
पोखराको स्थगित मतगणना फेरि सुरु
पोखराको स्थगित मतगणना अझै सुरु भएन
जेठ १०, २०७९वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
जेठ १०, २०७९सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९