पोखरा, २२ पुस। भैरव सांस्कृतिक संरक्षण समितिको ४१ औं साधारणसभा सम्पन्न भएको छ।
पोखरा लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जिसीले साधारणसभा उद्घाटन गर्दै पोखराको सांस्कृतिक र धार्मिक पर्यटनको विकास र प्रबर्द्धनका लागि महानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा समितिका सल्लाहकार तीर्थ श्रेष्ठले भैरव मन्दिरको बिकास गर्ने गुरुयोजनाबारे प्रकाश पारे। पर्यटनमा धार्मिक र सांस्कृतिक क्षेत्रको महत्व छ भन्दै श्रेष्ठले सांस्कृतिक क्षेत्रको विकासमा सम्पदा पहिचान र बिकास गर्न जरुरी रहेको उल्लेख गरे।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले पोखरा महानगरपालिकाको विकासका लागि पुरानो मानसिकता त्याग्नुपर्ने बताए।
पोखराको शहरीकरणका लागि हालको वडा नं २ उद्गमथलो रहेको चर्चा गर्दै मुल्मीले यस क्षेत्रको सांस्कृतिक संरक्षणमा महानगरपालिकाले विशेष महत्व दिन आग्रह गरे। नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले महानगरपालिकाले नयाँ कामहरुको थालनी गरेको बताए। महानगरमा व्यवस्थित शहर बसाल्न महानगरपालिकाले लिएको कदमलाई आम महानगरवासीले सहयोग गर्नुपर्नेमा जोड दिए। वडाअध्यक्ष रामेश्वर मल्लले वडासमितिको तर्फबाट यस क्षेत्रको संास्कृतिक विकास र संरक्षणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए। समितिका अध्यक्ष कृष्णदेव प्रधानाङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष तीर्थमान प्रधानाङ्गले स्वागत र सचिव कृष्णबहादुर श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए।
२ सय ४० वर्ष पुरानो भैरवनृत्य मल्लकालीन संस्कृतिको जीवन्त उदाहरणका रुपमा रहेको बताइन्छ। ५ घण्टा लामो भैरव नृत्यमा वाद्यवादनतर्फ १०, गायनमा १४, नृत्यमा १२ र नृत्य सहयोगीमा १२ जना गरी ६० जनासम्मको कलाकार सहभागी हुन्छन्।
शास्त्रीय संगीतमा आधारित भैरव नृत्यमा गायन, वाद्यवादन र नृत्य गरी तीन पक्ष हुन्छन्। मुखुण्डो लगाएर नाचिने यस नृत्यको आरम्भमा तान्त्रिक पद्धति अपनाइन्छ।
Related News
सम्बन्धित समाचार
ढिकुरपोखरीमा तीजमेला हुने
फोनिज गण्डकीलाई फुटसल उपाधि
जातीय भेदभावविरुद्ध प्रशिक्षण
‘अनुशासित र सभ्य समाज निर्माणमा महानगरको साथ’
रेडक्रसमार्फत विपद् जोखिम न्यूनीकरण प्रविधि हस्तान्तरण
hero news full width
मुख्य समाचार
विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९स्याङ्जामा कर्मचारीको धर्ना
श्रावण २६, २०७९संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
श्रावण २५, २०७९संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
श्रावण २५, २०७९पोखरामा मनाइयो विश्व आदिवासी दिवस
श्रावण २५, २०७९