हत्याको विरोधमा रुपन्देही बन्द

आदर्श समाज सम्वाददाता
पौष २३, २०७४

बुटवल, २२ पुस। रुपन्देहीको देवदह नगरपालिका वडा नं ५ का स्थानीय व्यवसायीसमेत रहेका बलु भनिने वसन्त पौडेलको हत्याको विरोधमा शनिबार रुपन्देही जिल्ला बन्द गरियो ।

आफ्ना कार्यकर्ताको हत्या भएको विरोधमा युवा संघले रुपन्देही बन्द गरेको हो । बन्दका कारण पूर्व-पश्चिम राजमार्ग र सिर्द्धार्थ राजमार्गअन्तर्गत बुटवलखण्ड भएर चल्ने गाडी ठप्प भएका थिए । उद्योग कलकारखाना, बजार, व्यवसाय सबै ठप्प भएपनि बन्दका क्रममा कहीँकतै कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ ।

रुपन्देही देवदह खैरेनीका ४० वर्षीय वसन्त पौडेल बलुलाई देवदह-२ ढेकारमा रहेको आफ्नो काष्ठ उद्योगमा बसेर आगो तापिरहेका बेला शुक्रबार बिहान मोटरसाइकलमा आएका दुर्इजनाले गोली हानी हत्या गरेका थिए । घटनामा संलग्नलाई तत्काल कारबाहीको माग गर्दै युवा संघले बन्दको आहृवान गरेको अध्यक्ष नहकुल शाहीले जानकारी दिए ।

मृतक पौडेल एमालेका स्थानीय कार्यकर्ता र रुपन्देही क्षेत्र नं १ का एमाले अध्यक्ष नीलकण्ठ पौडेलका छोरा हुन् । घटना भएलगत्तै गुण्डा नाइके भन्दै प्रहरीले खोजिरहेका मनोज पुनले स्थानीय सञ्चारकर्मीलाई टेलिफोन गरी पौडेलको हत्या आफ्नो समूहले गराएको भन्दै जिम्मा लिएका थिए । गत वर्ष पुस ४ गते युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको पुनको योजनामा देवदहमै गोली हानी हत्या गरिएको थियो ।

हत्याको जिम्मा मनोज पुनले लिएका कारण उनको खोजीमा प्रहरी सक्रियरुपमा लागिरहेको र हत्यामा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए । यस्तै, पौडेलको हत्याको रुपन्देहीका विभिन्न व्यावसायिक संघसंस्थाले विरोध जनाएका छन् ।

यता घटनाको सम्बन्धमा अनुसन्धान गरी सत्य तथ्य पत्ता लगाई उक्त घटनामा संलग्न व्यक्तिको पहिचान एवं पक्राउ गर्नका लागि संघीय प्रहरी एकाइ कार्यालय, भैरहवाले प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीको संयोजकत्वमा सात सदस्यीय अनुसन्धान टोली गठन गरी अनुसन्धान कार्य शुरु गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width