पोखरा, २२ पुस। राखेप च्याम्पियनसीपअन्तर्गत पोखरामा भएको नवौं महिला तथा १८ औं पुरुष ह्याण्डबल प्रतियोगितामा पुरुषतर्फ पश्चिमाञ्चल र महिलातर्फ सशस्त्र प्रहरी बल -एपीएफ) ले उपाधि जितेका छन्।
पोखरा रंगशालामा शनिबार पुरुषतर्फ फाइनलमा घरेलु टिम पश्चिमाञ्चलले नेपाल आर्मीलाई २९-२५ गोलअन्तरले पराजित गर्दै उपाधि तिजेको हो। उल्लेख्य दर्शकमाझ घरेलु टिम राष्ट्रिय खेलाडी विशाल बस्नेतको कप्तानिमा कोर्ट उत्रिएको थियो।
पश्चिमाञ्चलका हेमन्त थापा प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भए। एपीएफले मध्यमाञ्चललाई ६३-२९ को फराकिलो गोलअन्तरले पराजित गरी तेश्रो स्थान प्राप्त गर्न सफल भयो। आर्मी अनुशासित टिम र एपिएफका दीपकसिंह बोहराले ४८ गोल गर्दै सर्वाधिक गोलकर्ताको उपाधि पाए।
उता, महिलातर्फ फाइनलमा एपिएफले नेपाल आर्मीलाई २४-१५ को गोलअन्तरले पराजित गर्दै उपाधि जित्न सफल भएको हो। तेस्रो स्थान पूर्वाञ्चलले हासिल गर्यो। उसले पश्चिमाञ्चललाई १८-१४ को अन्तरमा पराजित गरेको हो। खेलमा मध्यपश्चिमाञ्चल अनुशासित टीम घोषित हुँदा उत्कृष्ट खेलाडी एपिएफकी उमा राई र सर्वाधिक गोलकर्ता आर्मीकी शान्तिकला राई बनिन्।
पुरुष र महिलातर्फ विजेता, उपविजेता र तेस्रो टिमलाई क्रमशः ३०, २० र १० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार दिइएको छ। प्रतिनिधिसभा सदस्य रवीन्द्र अधिकारी, नेपाल ह्याण्डबल संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटी सदस्य तेज गुरुङ, संघका वरिष्ठ उपाध्यक्ष रामकृष्ण केसी, संघ कास्कीका अध्यक्ष क्या जगबहादुर गुरुङ लगायतले पुरस्कार वितरण गरे। प्रतियोगितामा ५ विकास क्षेत्रसहित दुर्इ विभागीय गरी पुरुष र महिलातर्फ ७ टोली सहभागी थिए।
कास्की जिल्ला ह्याण्डबल संघको आयोजना, नेपाल ह्याण्डबल संघको तत्वाधानमा भएको प्रतियोगितामा हङकङ व्युटी इन्स्टिच्युट प्रालिले मुख्य प्रायोजन गरेको थियो।
Related News
सम्बन्धित समाचार
सेभेन ए साइडमा तितुङको दोहोरो ह्याटिक
सेभेन ए साईड फुटबल : भीमकालिसँग बी–१३ पराजित
सेभेन ए साइड प्रतियोगिता सुरु
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक
hero news full width
मुख्य समाचार
काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
धनराज पोखराको १६ औं मेयर
जेठ १२, २०७९करोडौं मूल्यको अतिक्रमित जग्गा फिर्ता ल्यायौं –योगेन्द्रमान श्रेष्ठ
जेठ १२, २०७९प्रदेश सभामा मुख्यमन्त्री पाेखरेलकाे संवाेधन : संघीयता सुदृढीकरण, अधिकार र स्रोत प्राप्तिका लागि संघ सरकारसँग संघर्ष जारी छ
जेठ ११, २०७९‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
जेठ ११, २०७९संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९