हेमजा, २२ पुस। युवा रेडक्रस सर्कल पोखरा-२५, हेमजाको आयोजनामा शनिबार प्रस्तावना लेखन तालिम सञ्चालन भएको छ।
प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाका सभापति कृष्णप्रसाद पौडेलले युवालाई आवश्यक पर्ने हरेक कार्यक्रम तथा तालिमको लागि विभिन्न निकाय समक्ष माग गरिने प्रस्तावनाको लागि तालिम फलदायी हुने विश्वास व्यक्त गरे।
तालिममा सहजीकरण गर्दै पत्रकार सुदीप त्रिपाठी प्रतीकले सिकेका ज्ञानलाई व्यवहारमा उर्तान अनुरोध गरे। उनले प्रस्तावनाका माध्यमबाट विभिन्न कार्यक्रम तथा तालिम विभिन्न निकायबाट माग गरी सञ्चालन गर्न सकिने पनि अवगत गराए।
प्रशिक्षार्थी प्रतिमा सापकोटाले तालिमले कार्यक्रमको योजना बनाउन सिकाएको र सोही अनुरुप सम्बन्धित निकाय समक्ष माग गर्न समेत सिकाएको कुरा औल्याइन्।
अर्का प्रशिक्षार्थी सागर कुँवरले विभिन्न संघसंस्थाबाट सञ्चालन हुने कार्यक्रम तथा तालिमको माग कसरी गर्नेबारे आफूले जानकारी लिएको बताए।
हेमजा युवा रेडक्रस सर्कलका अध्यक्ष सुनिल गायकले विभिन्न सरकारी तथा दातृनिकायका निर्धारित कार्यक्रम तथा योजना अभावमा बजेट फ्रिज हुने क्रमलाई रोक्न तालिमले सहयोग गरेको बताए।
युवा रेडक्रस सर्कलका अध्यक्ष गायकको अध्यक्षतामा सञ्चालित तालिमको सञ्चालन सर्कलकी कोषाध्यक्ष पुनम गिरीले गरेकी थिइन्।
तालिममा युवा रेडक्रस सर्कलका सदस्य लगायत अन्य विभिन्न संघसंस्थामा आवद्घ हेमजाका २० जना युवाको सहभागिता थियो।
Related News
सम्बन्धित समाचार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
hero news full width
मुख्य समाचार
पोखराको स्थगित मतगणना फेरि सुरु
पोखराको स्थगित मतगणना अझै सुरु भएन
जेठ १०, २०७९वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
जेठ १०, २०७९सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९