पोखरा, २२ पुस । माछापुच्छ्रे गाउँपालिकामा रहेको आमा स्मृति प्रतिष्ठानको प्रथम वाषिर्कसाधारण सभा घाचोकमा सम्पन्न भएको छ।
साधारणसभा उद्घाटन गर्दै प्रमुख अतिथि प्रतिनिधिसभाका सदस्य जगत विश्वकर्माले प्रतिष्ठानको अझ प्रगतिको कामना गरे ।
प्रतिष्ठानका प्रमुखदाता माथियास मारिया डोल्डले प्रतिष्ठानको अझ सहयोगीको रुपमा काम गर्न चाहेको बताए। माछापुच्छ्रे गाउँपालिकाका प्रमुख कर्णहादुर गुरुङले प्रतिष्ठानसँग सहकार्य गरेर जाने बताए।
कार्यक्रममा माछापुच्छ्रे गाउँपालिकाका उपप्रमुख कृष्णा दवाडी, महिला सञ्जालका अध्यक्ष टेकनशोभा गुरुङ, प्रतिष्ठानका सल्लाहकार तोयनाथ शर्मा लम्साल लगायतले प्रतिष्ठानले गरेको कार्य प्रशंसा गरे।
उक्त अवसरमा घाचोकस्थित मेघराज आधारभूत विद्यालयमा शिक्षक परिचालन गर्न प्रतिष्ठान ६५ हजार सहयोग गरेको छ। उक्त रकमको चेक प्रमुख अतिथि र प्रमुखदाताले विद्यालयका प्रधानाध्यापक विश्वमोहन पोखरेललाई हस्तान्तरण गरे।
प्रतिष्ठानका अध्यक्ष बसन्तराज दवाडीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत छात्रा लक्ष्मी रानाभाट र सञ्चालन प्रतिष्ठानका सदस्य हरिशचन्द्र लम्सालले गरेका थिए। प्रतिष्ठानले शिक्षाका लागि विद्यालयमा सहयोग, महिला सशक्तिकरणका कार्यक्रम, वृद्धाश्रम निर्माण तथा सञ्चालनका लागि पहल, गरिब तथा असहाय छात्राको उच्च शिक्षाको लागि छात्रवृत्ति वितरणका कार्यक्रम गर्दैआएको जनाएको छ ।
Related News
सम्बन्धित समाचार
बलात्कार मुद्दाको हदम्याद हटाउने प्रधानमन्त्रीको आश्वासन
प्रदेश सभामा मुख्यमन्त्री पाेखरेलकाे संवाेधन : संघीयता सुदृढीकरण, अधिकार र स्रोत प्राप्तिका लागि संघ सरकारसँग संघर्ष जारी छ
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
५ सचिवको सरुवा
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट, समृद्धिका लागि सहकार्यमा जाेड
hero news full width
मुख्य समाचार
काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
धनराज पोखराको १६ औं मेयर
जेठ १२, २०७९करोडौं मूल्यको अतिक्रमित जग्गा फिर्ता ल्यायौं –योगेन्द्रमान श्रेष्ठ
जेठ १२, २०७९संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९