पोखरा, २२ पुस । कास्कीको मादी गाउँपालिका ८ पाखुरीकोट नागीधारस्थित प्रभात आधारभूत विद्यालयलाई भूपू विद्यार्थी कुलप्रसाद गुरुङले शैक्षिक सामग्री सहयोग गरेका छन् ।
उनले विद्यालयमा आवश्यक कम्प्युटर, प्रिन्टर, टेबुल लगायत सामग्री विद्यालयलाई हस्तान्तरण गरेका हुन् । नागिधार घर भई अमेरिका बस्दैआएका गुरुङले आफूले अध्ययन गरेको स्कुलमा सहयोग गर्न पाउँदा खुशी लागेको बताए । अरुलाई पनि सहयोगका लागि उनको आग्रह छ । विद्यालयको सहयोगका लागि अमेरिकाको बाल्टिमोरमा च्यारिटि शो समेत गरेको गुरुङले बताए ।
गत २०७२ सालको विकासकारी भूकम्पले विद्यालयको भवन जोखिम अवस्थमा छ । जिल्ला शिक्षा कार्यालयले २ पटक गरी ६ कोठे भवन निर्माण गरिदिएपछि केही सहज भए पनि भौतिक संरचना अझै अपुग भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष लालदेवी घलेले बताइन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा गोर्जे श्रोत केन्द्रका श्रोतब्यक्ति बलराम पोख्रेलले विद्यालयका लागि जिल्ला शिक्षा कार्यालय, गाउँपालिका लगायत निकायमा आफूले सक्दो पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे । गुड नेर्वर्स इन्टरनेसनलको सहयोगमा सञ्चालित नौलो घुम्ती नेपाल नामक गैरसरकारी संस्थाको सहयोग तथा जिल्ला शिक्षा कार्यालय कास्कीको समन्वयमा ३ वर्षअघि बालमैत्री विद्यालयको रुपमा स्थापित गरिएको प्रधानध्यापक चन्द्रकान्त अधिकारीले बताए ।
कार्यक्रममा विद्यालयका पूर्व प्रअ डम्बरजङ गुरुङ, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा मिजुरेडाँडा गाविसका भूपू अध्यक्ष मेजर तुलसीप्रसाद गुरुङ, भूपू विद्यार्थी तथा काँग्रेस कास्कीका जिल्ला सदस्य ओमप्रकाश गुरुङ, मादी ८ का वडाअध्यक्ष यामबहादुर गुरुङ, साविक मिजुरेडाँडा २ का भूपू अध्यक्ष चेतबहादुर गुरुङ लगायतले बोलेका थिए । कार्यक्रम सञ्चालन सोही विद्यालयकी शिक्षक गन्जु गुरुङ्ले गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
७४ युनिट रगत संकलन
पोखरा वडा ७ मा पदस्थापना
दर्शन लामाले बाँडे पोशाक
अपांगता भएका र गरिब विद्यार्थीलाई प्रोत्साहन भत्ता
सुत्केरीलाई पोषण भत्ता दिइने
hero news full width
मुख्य समाचार
स्थानीय तह निर्वाचन : कुन दलका कति जनप्रतिनिधि ?
पूर्वपदाधिकारीलाई सुविधा दिन लागिएपछि पाँचदलीय गठबन्धनबाटै विरोध
जेठ १४, २०७९गण्डकीको बजेट सिद्धान्त ‘मनचिन्ते झोलीजस्तो’
जेठ १४, २०७९पोखरालाई पर्यटकीय राजधानी घोषणामा जोड
जेठ १३, २०७९पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने आफ्नै आदेश सर्वोच्चले उल्ट्यायो
जेठ १२, २०७९यस्ताे छ गण्डकी प्रदेशकाे आगामी आवकाे बजेटकाे सिद्धान्त र प्राथमिकता
जेठ १२, २०७९