यो तस्वीर पोखरा-८, सृजनाचोक नजिकै खिचिएको हो । ४८ वर्षीय जीवन गिरीलाई सकीनसकी उनका ६ वर्षीय छोरा समर र ९ वर्षीया छोरी शीतलले गन्तव्यतर्फ पुर्याउँदैछन्। समरले ह्वीलचियर तानेका छन् भने शीतल पछाडीबाट धकेलिरहेकी छन्। परिवारका सदस्य पाल्न सडकमा यसरी घिस्रिएर माग्नु जीवनको दैनिकी हो। अपाङ्गता भएका जीवनलाई दैनिक यसरी नै उनका छोराछोरीले साथ दिँदैआएका छन्। जहाँ मानिसको बाक्लो चलहपहल हुन्छ, त्यहाँ ह्वीलचियर रोकेर सहयोग थाप्नु अनि जम्मा भएको रकमबाट गुजारा चलाउनु, कोठा भाडा तिर्नु यो परिवारको पहिलो आवश्यकता हो। केहीले जीवनको अपाङ्गता त, कतिपयले ती बालबालिकाको मलिनो अनुहारप्रति दया देखाएर सहयोग गर्छन्। उक्त दर्दनाक अवस्थाबाट जेलिएका जीवनलाई छोराछोरी विद्यालय पठाउन मन नलागेको भने होइन तर के गर्ने ? त्यसका लागि उनीसँग कुनै उपाय नै छैन। ‘छोराछोरी पढाउन मन लागेर के गर्नु’-जीवनले भने-‘एक त पैसा छैन, अर्कोतर्फ यिनैको सहारामा म आफै हिँडेर परिवारको पेट पाल्नुपर्छ।’ जीवनकी श्रीमती र छोराछोरीसहित ४ जना सदस्यको परिवार हाल मालेपाटनमा कोठाभाडामा बस्छ। स्याङ्जा लामागे घर बताउने जीवन २०५५ सालदेखि पोखरा छन्। १३ वर्षको छँदा पोलियो प्यारालाइसिस भएपछि उनी दुवै खुट्टा टेक्न नसक्ने गरी थलिए। जीवनलाई अपाङ्गताको यो कहालीलाग्दो कथाबीच छोराछोरीको भविष्यको चिन्तासमेत थपिएको छ। तपार्इं पनि यो परिवारका लागि केही सहयोग गर्नेबारे सोच्ने हो कि ?
तस्वीर : आदर्श समाज
Related News
सम्बन्धित समाचार
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
पर्वतीय संग्रहालयले स्थापना दिवस मनायो
राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
पिएनसी जग्गा विवाद : कित्ता नम्बर ८३३ साठीघरे पराजुलीको ‘खरबारी ’
hero news full width
मुख्य समाचार
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९