लमजुङ, १९ पुस। मनाङको चित्ले गाउँमा पहिलो पटक गाडी पुग्दा स्थानीयले खुशीयाली मनाएका छन्।
मनास्लु पदमार्गअन्तर्गत पर्ने तिल्चे गाउँमा दूधखोलाको किनार किनारै निर्माण गरिएको सडकबाट गाडी तिल्चे गाउँ पुर्याइएको हो।
मनाङमा मोटर पुगेको ५ वर्ष बितिसकेको भए पनि जिल्लाका पुराना नेता कोमल घलेको जन्म तथा हालको कर्म गाउँ समेत रहेको तिल्चेमा अहिलेसम्म गाडी पुगेको थिएन।
लमजुङतर्फबाट जाँदा मनाङको प्रवेश नाका नासोङ गाउँपालिका-६ र ७ अन्तर्गत पर्ने तिल्चेमा यात्रुसहितको जीप गाउँ पुग्दा स्थानीयले खुशीयाली मनाएको सुपर भ्यू होटलका संचालक पुष्प गुरुङले जानकारी दिए। गाउँलेले फूलमालासहित गाडीको स्वागत गरेका थिए। त्यस्तै, स्थानीयले नाचगानसहित खुशीयाली मनाएको स्थानीय शिक्षक एवं समाजसेवी चेकमान गुरुङले बताए।
गाडी पुर्याउन सहयोग गरेकोमा पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङलाई स्थानीयले धन्यवाद समेत दिए। पूर्वमन्त्री गुरुङले संसद् विकास कोष र निर्वाचन क्षेत्र पूर्वाधार कोष अन्तर्गत उक्त सडकको लागि रकम विनियोजन गरेका थिए।
हाल दूधखोला तारेर मात्रै सवारीसाधन आवतजावत गर्ने गर्दछन्। दूधखोलामा मोटरेवल पुल निर्माण थालिएको २ वर्ष बितिसक्दा पनि पुलको फाउन्डेसन समेत निर्माण हुन सकेको छैन।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
hero news full width
मुख्य समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९