पोखरा, १९ पुस।राखेप च्याम्पियनसीपअन्तर्गत पोखरामा बुधबारदेखि १८ औं पुरुष तथा ९ औं महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता शुरु भएको छ ।
प्रतियोगितामा एपिएफ र नेपाली सेना गरी २ विभागीय, ५ विकास क्षेत्रका १-१ टिम गरी महिला पुरुष दुवैर्तर्पm समान ७ टिम सहभागी छन् ।
आगामी पुस २२ सम्म सञ्चालन हुने प्रतियोगितामा महिला पुरुष दुवैतर्फ विजेता, उपविजेता र तेस्रोलाई क्रमशः ३०, २० र १० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिनेछ ।
प्रतियोगिताका उत्कृष्ट खेलाडी १३ औं सागका लागि छनौट समेत गरिने हुँदा खेल महत्वपूर्ण रहेको नेपाल ह्याण्डबल संघका अध्यक्ष एवं ओलम्पिक कमिटिका सदस्य तेज गुरुङले जनाए ।
खेल उद्घाटन गर्दै पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखराको खेलकुद पर्यटन विकासको लागि महानगरपालिकाले गुरुयोजना बनाउने तयारी गरेको बताए।
उनले खेलाडीलाई प्रोत्साहन गर्ने गरी स्वास्थ्यका लागि घरघरमा खेलकुदको बारेमा सचेतना गराउने बताए।
नेपाल ह्याण्डवल संघका अध्यक्ष तथा ओलम्पिक कमिटीका सदस्य तेज गुरुङले नेपालमा ह्याण्डबल खेलको धेरै सम्भावना रहेको बताए। साग खेलमा नेपालको सेमिफाइनलको स्थान रहेकोले यसको विकास गर्न सके पदकको आशा हुने उनले विश्वास व्यक्त गरे।
कास्की जिल्ला ह्याण्डवल संघका अध्यक्ष क्या जगबहादुर गुरुङको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको हो।
कार्यक्रममा माउण्ट अन्नपूर्ण माविका विद्यार्थीले स्वागतार्थ सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । बुधबार पुरुषतर्फ उद्घाटनमा पश्चिमाञ्चलले सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३०-२२ गोलअन्तरले पराजित गर्दै विजयी सुरुवाग गरेको छ । त्यस्तै, नेपाल आर्मीले दुर्इ खेलमै जित हासिल गरेको छ । मध्यमाञ्चलले एक खेलमा जित हासिल गरेको छ ।
आर्मीले सुदूरपश्चिमाञ्चललाई ३८-१२ मा पराजित गदौ मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई २६-१४ गोलअन्तरले हरायो । चौथो खेलमा आर्मीले मध्यमाञ्चललाई २८-७ को फरालिकेा गोलअन्तरमा सहजै पराजित गर्यो ।
यता, महिलातर्फका खेलमा एपिएफ, पश्चिमाञ्चल, आर्मीले जित हासिल गर्दा मध्यमाञ्चल र सुदूर पश्चिमाञ्चलले समान ३ गोल बराबरी गरेपछि अंक बाँडे ।एपिएफले सुदूर पश्चिमाञ्चललाई ४३-३ को विशाल गोलअन्तरले पराजित गरेको हो । त्यस्तै, पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई २१-३ को फराकिलो गोलअन्तरमा अको खेलमा आर्मीले पूर्वाञ्चललाई २१-३ मा सहजै हरायो । बिहीबार लिग चरणका खेल हुनेछ ।
कास्की जिल्ला ह्याण्डबल संघको आयोजना, नेपाल ह्याण्डबल संघको तत्वाधान र हङकङ व्युटी इस्टिच्युट प्रालिको मुख्य प्रायोजन खेल भएको हो ।
अघिल्लो सातामात्र पोखरामा राखेप महिला पुरुष भलिबल प्रतियोगिता भएको थियो ।
Related News
सम्बन्धित समाचार
रेबान भेट्रान्स कपमा नवीनलाई उपाधि, डबल्सतर्फ अनुज र नवीन विजयी
रेबान कप टेनिस फाइनल आज
रेवान कप टेनिस सुरु
नेपालद्वारा एकदिवसीय मान्यता सुरक्षित
अन्नपूर्ण १० लाई अध्यक्ष कप
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९