लमजुङ, १९ पुस। त्रिवेणी कप फुटबल प्रतियोगिताको उपाधि वेशीशहर युथ सोसाइटी, सेराबजारले जितेको छ ।
बुधबार भएको फाइनलमा आयोजक त्रिवेणी क्लबलाई पेनाल्टीमा ३-२ गोलअन्तरले पराजित गर्दै उसले उपाधिसहित ३ लाख, ट्रफी र प्रमाणपत्र हात पार्यो । उपविजेतामा सीमित आयोजकले १ लाख ५० हजार सहित ट्रफी र प्रमाणपत्र पायो ।
निर्धारित ९० मिनेटको खेल र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि निर्णार्थ खेल टाइब्रेकरमा पुगेको थियो ।
प्रतियोगितमा सेमिफाइलिष्ट सुन्दरबजार युवा क्लब र घनपोखरा युवा क्लबलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरियो ।
सवोर्कृष्ट खेलाडी आयोजक त्रिवेणी युवा क्लबका आकाश रानाभाट र सवोर्त्कृष्ट गोलरक्षक वेशीशहर युथ सोसाइटीका गुमान थापा घोषित भए । उनीहरूले जनही १५ हजार पाए । अनुशासित टिम अन्नपूर्ण युवा क्लब घोषित हुँदै १० हजार पुरस्कार पाएको क्लब अध्यक्ष छविन्द्र गुरुङले जनाए । सर्वाधिक गोलकर्ता सुन्दरबजार युवा क्लबका इन्द्र दुरा, सामना युवा क्लबका सन्तबहादुर गुरुङ र रड्स युवा क्लब चितवनका रवि गुरुङले समान ५ हजार पुरस्कार पाए ।
विजयी टिम तथा खेलाडीलाई जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यले पुरस्कार प्रमाणपत्र वितरण गर्दै खेलकुदबाट राष्ट्रिय पहिचानमा नयाँ आयाम थपिने गरेको बताए । उनले लमजुङबाट राष्ट्रियस्तरका खेलाडी उत्पादन हुनु गौरवको विषय भएको बताए ।
गत पुस १२ देखि शुरु प्रतियोगितामा २३ टिम सहभागी थिए । प्रतियोगितामा साविक विजेता सामना युवा क्लब तुरतुरे यसपालि क्वाटरफाइनलबाटै बाहिरिएको थियो ।
आयोजक क्लब त्रिवेणीले गत वर्ष स्थापनाको रजत उत्सव मनाएको थियो । सो अवसरमा फुटबलमा पुरस्कार राशि १ लाख ५० हजार थप गरी विजेतालाई ३ लाख दिन शुरु भएको हो । साथै, गत वर्षसम्म नाइन ए साइड खेलिने गरेकोमा मैदानसमेत विस्तार गरी यस वर्षदेखि इलाभेन ए साइडमा प्रतियोगिता संचालन गरिएको हो ।
Related News
सम्बन्धित समाचार
पोखरामा मिडिया फुटसल प्रतियोगिता हुने
गण्डकीमा खेलाडी छनोट र बन्द प्रशिक्षण कार्यतालिका सार्वजनिक
पोखरामा राष्ट्रिय स्नुकर प्रतियोगिता
क्रिकेटमा सेन्ट्रल क्रिकेट एकेडेमीको जीत
‘स्वस्थ नागरिकका लागि खेलमैदान’
hero news full width
मुख्य समाचार
भगिनी सम्बन्धको दुरुपयोग
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
भाद्र २, २०७९नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९