पोखरा, १९ पुस । गण्डकी विकास बैक लिमिटेडले रुपन्देहीको कञ्चन गाउँपालिकामा आफ्नो ५३ औ शाखा कार्यालय खोली बुधबारदेखि वित्तीय कारोबार शुरु गरेको छ ।
नेपाल राष्ट्र बैंकको नीति अनुरुप वित्तीय पहुँच नपुगेका गाउँपालिका क्षेत्रमा शाखा कार्यालय खोली सर्वसाधारणलाई वित्तीय सेवा प्रदान गर्न निर्देशन भए अनुसार बैंक उक्त स्थानमा वित्तीय कारोबार शुरु गरेको जनाएको छ ।शाखाबाट कञ्चन गाउँपालिका क्षेत्रका स्थानीयले बैंकबाट उपलब्ध सेवा निक्षेप संकलन, कर्जा प्रवाहका साथमा अन्य प्रविधिमा आधारित सेवा, मोवाइल बैँकिङ, रेमिटेन्स सेवा सहितको पूर्ण बैँकिङ सेवा उपभोग गर्न पाउनेछन् ।बैंकले आव २०७४/७५ को प्रथम त्रैयमासमा निक्षेप १९ अर्ब ३४ करोड रुपैयाँ र कर्जातर्फ १६ अर्ब ५५ करोड रुपैयाँ पुर्याएको छ ।
बैकले केन्द्रीय कार्यालय सहित विभिन्न शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबीबीए, एटीएम, एसएमएस, आस्वा, आइपिएस, इसीसी सेवा, आधुनिक बैकिङ सेवा, लकर सेवा, सुनधितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा दिएको छ ।
साथै केन्द्रीय कार्यालय लगायत केही शाखाबाट ३६५ दिन नै बैकिङ सेवा तथा सन्ध्याकालिन सेवा समेत प्रदान गर्दैआएको छ । त्यस्तै, न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ लघु वित्तकर्जा पनि प्रदान गर्दै आएको जनाएको छ ।
बैंकले भविष्यमा कैलालीको धनगढी, बाँकेको नेपालगञ्ज, दाङको घोराही, पाल्पाको तानसेन, कास्कीको रत्नचोक, चितवनको पर्सा मकवानपुरको हेटौडा, काठमाडौंको नयाँ बानेश्वरमा समेत शाखा कार्यालय खोल्ने तयारी गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी दिए
Related News
सम्बन्धित समाचार
चितवनमा एक लाख १६ हजार कुुखुरामा बर्डफ्लु पुष्टि
भिभो भी२३ई को मूल्य ३ हजार घट्यो
वैशाख २८ देखि नयाँ आइपिओ आउँदै
ग्यासको खपत घटाउन उपयुक्त माध्यम हुन सक्छ इलेक्ट्रिक प्रेसर कुकर
कोन सामुदायिक सहकारीमा १ सय २४ युनिट रगत संकलन
hero news full width
मुख्य समाचार
एमालेलाई जीत जोगाउनै सकस
जहाँ पुरानो जीत दोहोरिएन…
जेठ ३, २०७९तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९