पोखरा, १९ पुस। युनाइटेड क्लबको आयोजनामा यही पुस २७ देखि माघ ८ गतेसम्म अमरसिंहचौरमा हुने आठांै संस्करणको पोखरा महोत्सव भव्य र सभ्य बनाउन पोखराका विभिन्न संघसंस्थाले सहयोग गर्ने भएका छन्।
क्लबले बुधबार आयोजना गरेको छलफल तथा अन्तक्रिर्यामा पोखरा उपत्यकाभित्र रहेका विभिन्न संघ संस्थाको सहभागिता थियो।
कार्यक्रममा टोल विकास संस्था टोल नगर समन्वय समितिका प्रथम उपाध्यक्ष उत्तम जोशीले क्लबले समाजमा छुट्टै सामाजिक छाप छोड्न सफल भएको बताउँदै सहयोग गर्नु आफूहरुको मुख्य दायित्व रहेको बताए।
टोल विकास संस्था नगर महिला समन्वय समितिकी अध्यक्ष पवित्रादेवी गुरुङले महोत्सवलाई पोखरा महानगरभित्र रहेका महिला समिति तथा टोल विकास समितिले सक्दो सहयोग गर्न तयार रहेको बताइन्।
क्लब संस्थापक अध्यक्ष एवं पोखरा अन्तर्राष्ट्रिय चिडियाखाना निर्माण समितिका संयोजक हिमालय बख्रेलले क्लबले स्थापनाकालदेखि नै पोखरामा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन र पोखरामा नयाँ पर्यटकीय गन्तव्य चिडियाखाना निर्माणका लागि आवाज उठाउँदै आएको बताए।
क्लब अध्यक्ष सुकबहादुर गुरुङले महोत्सव समग्र पोखराको महोत्सव भएको बताउँदै सामाजिक अभियानमा सहभागी हुन सबैको सहयोग आवश्यक रहेको बताए।
महोत्सव संघ संस्था समन्वय उपसमिति संयोजक सम्मरबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा टोल विकास संस्था टोल समन्वय समिति वडा १ का अध्यक्ष चन्द्रबहादुर गुरुङ, टोल विकास संस्था टोल समन्वय समिति वडा १७ की अध्यक्ष गीता सुवेदी, पोखरा १० का कार्यवाहक अध्यक्ष प्रतिभा विक पोख्रेल, पोखरा १५ का सदस्य पार्वती कार्की लगायत बोलेका थिए।
क्लबका प्रथम उपाध्यक्ष तथा पोखरा महोत्सव कलाकार व्यवस्थापन उपसमिति संयोजक लालकाजी गुरुङले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रचार संयोजक राजु श्रेष्ठले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
नेउवा संघ चुनावमा महासंघ गण्डकी प्रदेशको समर्थन अञ्जन श्रेष्ठलाई
सांग्रिला डेभलपमेन्ट बैंकको १८ औं वार्षिक साधारण सभा
आलु महोत्सव लक्षित सरसफाइ
वित्तीय साक्षरता मार्गदर्शन जारी
रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
hero news full width
मुख्य समाचार
गोविन्दराज जोशी र विकास कोइरालाको कारवाही फुकुवा
उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता
चैत्र १९, २०७९दलितले भान्सा छोएपछि खाना फालियो, आरोपित २ पक्राउ, वडाध्यक्षसहित २ जना फरार
चैत्र १९, २०७९स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
चैत्र १८, २०७९सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
चैत्र १८, २०७९पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
चैत्र १८, २०७९